Bachelors Portal

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको उपाध्यक्षमा जोशी

 

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको आर्थिक र प्रशासनिक क्षेत्रको उपाध्यक्षमा पदमसुन्दर जोशी नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय छनोट प्रक्रियाका आधारमा जर्मनीको काल्र्सस्रुहे विश्वविद्यालयबाट रिसोर्स इञ्जिनियरिङमा स्नातकोत्तर गर्नुभएका जोशीलाई संरक्षक समितिको निर्णयबाट यही मङ्सिर १ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको विश्वविद्यालयले जनाएको छ ।

उहाँ यसअघि बासस्थानसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका नेपाल प्रतिनिधि र त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक भइसक्नुभएको छ । स्वायत्त र मौलिक प्रकृतिको उक्त नयाँ विश्वविद्यालयका कुलपति, उपकुलपति नभइ अध्यक्ष, उपाध्यक्ष र संरक्षणक समितिको कानुनी प्रबन्ध गरिएको छ ।

मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङस्थित सात सय ४० रोपनी जग्गामा स्थापित सो विश्वद्यालयका अध्यक्ष डा राजेन्द्रध्वज जोशी छन् । ।

विश्वविद्यालयले नेपालमै पहिलो पटक विश्वस्तरको अनुसन्धानमूलक शिक्षा दिने गरी स्नातकोत्तर र विद्यावाधिरी तहमा यसै वर्षदेखि शिक्षण सुरु गरेको छ । विश्वविद्यालयले ती तहमा फरेष्ट बायोमेटेरियल्स साइन्स एण्ड इञ्जिनीयरिङ, अग्र्यानिक एग्रिकल्चर एण्ड फुड, डिजिटल टेक्नोलोजी, टुरिजम साइन्स एण्ड इञ्जिनीयरिङ, डेटा साइन्स विषयमा पढाउन थालेको छ । विश्वविद्यालयले हाल सुविधा सम्पन्न प्रयोगशालासहित चार वटा बहुद्देश्यीय भवन निर्माण गरिसकेको छ । 

Thuprai - Books and E-books