Bachelors Portal

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलो पटक भर्नाका लागि आवेदन माग्यो

लुम्बिनी प्राविधिक विश्वविद्यालयले ब्याचर अफ टेक्नोलोजी इन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (‘बी टेक इन सीएस एन्ड एआई’ र ‘बी टेक इन आईटी) र ब्याचलर अफ टेक्नोलोजी इन इन्फर्मेसन टेक्नोलोजी ¬(बी टेक इन आईटी)  मा भर्नाको लागि आवेदन माग गरेको छ।

विश्वविद्यालयको इन्जिनियरिङ तथा इन्फर्मेसन टेक्नोलोजी संकायले चालु शैक्षिक सत्रमा पहिलो पटक भर्नाका लागि आवेदन माग गरेको हो ।

बी टेक इन सीएस एन्ड एआईका लागि कक्षा ११–१२ मा फिजिक्स, केमेस्ट्री र म्याथ विषय लिई न्यूनतम ‘सी’ ग्रेड अथवा सेकेन्ड डिभिजन ल्याएका विद्यार्थीले आवेदन दिन सक्ने विश्वविद्यालयका रजिष्टार रेगबहादुर भण्डारीले बताए । उनका अनुसार बी टेक इन आईटी कार्यक्रमका लागि कक्षा ११–१२ मा जुनै विषय लिए पनि न्यूनतम ‘डीप्लस र एलेवल गरेको भए डी’ ग्रेड प्राप्त गरेको हुनुपर्छ ।

इच्छुक विद्यार्थीले भदौ ६ देखि असोज ५ गतेसम्म नियमित र विलम्ब शुल्कमा असोज १२ गते सम्म फाराम भर्न सक्ने सूचनामा उल्लेख गरेको छ। यी दुवै विषयको प्रवेश परीक्षा भने असोज १७ गते सञ्चालन हुने रजिष्टार भण्डारीले बताए ।

४८–४८ जनाका लागि सिट निर्धारण गरेको दुवै कार्यक्रममा ४ जनालाई पूर्ण छात्रवृत्ति र १२ जनालाई नियमित शुल्कमा अध्यापन गराउने भएको छ । बी टेक इन सीएस एन्ड एआईको कोर्ष चार वर्षे (आठ सेमेस्टर) हो । यो कोर्षमा कम्प्युर विज्ञान र एआई दुवै क्षेत्रको विषयहरू समेटिएको रविस्टार भण्डारीले बताए । उनका अनुसार प्रविधि तथा एआईसँग सम्बन्धित उद्योगका लागि जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले केही फरकपना समावेश गरिएको छ ।  यो कोर्षका लागि  १२ जनालाई १ लाख १६ हजार र पूर्ण शुल्कतर्फ  ४ लाख २५ हजार रुपियाँ शुल्क लाग्ने उनले जानकारी दिए ।

बी टेक इन आईटीका चार वर्षे (आठ सेमेस्टर) हो । यो कोर्ष अध्ययन गर्ने विद्यार्थीलाई आईटी प्रिन्सिपल, कम्प्युटर सिस्टम, प्रोग्रामिङ ल्याङ्ग्वेज, नेटवर्किङ, डेटाबेस र सफ्टवेयर डेभलपमेन्टका विषयवस्तु समावेश गरिएको रजिष्टार भण्डारीले जानकारी दिए । कोर्षका लागि १२ जनालाई नियमित शुल्कमा  पढ्न एक लाख ३० हजार र पूर्ण शुल्कमा छ लाख २० हजार रुपियाँ लिने विश्वविद्यालयले निर्णय गरेको छ ।

विश्वविद्यालयले नेपाल इन्जिनियरिङ परिषदबाट कोर्षको अनुमति पाउन साथै आईटी इन्जिनियरिङको कक्षा सञ्चालन गर्ने तयारीमा विश्वविद्यालय रहेको छ ।

साथै विश्वविद्यालयले आगामी मंसिरदेखि स्नातकोत्तर तहको तीन ओटा कार्यक्रममा भर्नाका लागि आवेदन खुलाउने उनले जानकारी दिए । उनले साइबर नेटबर्किङ, डाटा वेसलगायतका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

Thuprai - Books and E-books