After SEE Portal

त्रिवि दीक्षान्त समारोहमा सीमित विद्यार्थी

Bridge Course

कोभिड–१९ का कारण यस वर्ष त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि, एमफिल र दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाईमात्र दीक्षान्त समारोहमा सहभागी गराउने भएको छ । बाँकी तहका विद्यार्थीले गाउन लिन सक्ने भए पनि दीक्षान्त समारोहमा सहभागी हुन पाउने छैनन् ।

त्रिभुवन विश्वविद्यालयले ४६ औँ दीक्षान्त समारोह आगामी पुस ६ गते आयोजना गर्दैछ । कोभिड–१९ का कारण थोरै सङ्ख्यामा विद्यार्थीलाई समावेश गरिने भएकाले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा दीक्षान्त समारोहको आयोजना हुँदैछ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यावारिधि, एमफिल र दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने करिव एक सय जनालाई मात्र दीक्षान्त समारोहमा उपस्थिति गराइने जानकारी दिए । उनका अनुसार अतिथि, त्रिविका पदाधिकारी तथा कर्मचारी, विद्यार्थी तथा पक्रकार गरी करिव साढे दुई सय जना कार्यत्रममा सहभागी हुने छन् ।

त्रिविका अनुसार ५६ हजार ७१३ विद्यार्थी दीक्षित हुन पाउने भए पनि सात हजार ८७ जनाले मात्र आवेदन दिएका थिए ।

परीक्षा नियन्त्रक जोशीले भोलि मङ्सिर २९ गतेबाट आगामी पुस ५ गतेसम्म गाउन, स्कार्फ र टोपी वितरण गरिनेछ । स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीले पनि गाउन, स्कार्फ र टोपी लिएर जान सक्नेछन् । दीक्षान्त समारोहमा सहभागी हुन नपाउने भए पनि ती तहका विद्यार्थीका लागि दीक्षान्त सामग्री तस्बिर खिचाउने प्रयोजनका लागि मात्र काम लाग्ने हुन्छ । 

 

 

A Levels MA
Thuprai - Books and E-books