५३१५८ शिक्षक दरबन्दी अभाव, बालविकास शिक्षकलाई प्रावि तृतीय श्रेणी सरह सेवा सुविधा हुनुपर्ने

विभिन्न तहमा अझै ५३ हजार १ सय ५८ जनाक शिक्षकको दरबन्दी नपुग रहेको एक प्रतिवेदनले औँल्याएको छ ।

राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य पुष्परमण वाग्ले नेतृत्वको टोलीले सार्वजनिक गरेको प्रतिवेदनमा माध्यमिक तहमा २४ हजार ३ सय ८४ विषयगत शिक्षक र अन्य तहमा समेत गरी जम्मा नपुग ५३ हजार १ सय ५८ थप शिक्षकको व्यवस्था गर्न सरकारलाई सुझाएको हो ।

विद्यालय शिक्षामा स्रोत साधानको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरीवेक्षणको व्यवस्थाका लागि सुझाव दिन गठित समितिले पुसको पहिलो साता सरकारलाई बुझाएको प्रतिवेदनमा विद्यार्थी शिक्षकको अनुपात ३०ः१ मा लैजाँदा अझ बढी शिक्षक दरबन्दी रिकत हुने औँल्याएको छ ।

सो प्रतिवेदनले ६ हजार ४३० माध्यमिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजीको विषयगत शिक्षकको व्यवस्थापन गर्नुपर्ने समेत सुझाएको छ ।

सो प्रतिवेदनले ११४५ धार्मिक विद्यालय तथा २६ हजार ४५४ विद्यालयमा सिकाइका नयूनतम पूर्वाधारहरू पूरागनुपर्ने उल्लेख गरेको छ ।

उक्त प्रतिवेदनले ७० लाख ९२ हजार ९४९ विद्यार्थीको लागि कक्षागत शिक्षक तथा निःशुल्क पाठ्यपुस्तकको व्यवस्थापन गर्नु पर्ने, प्रति विद्यालय एक जना खरिदार सरहको कर्मचारी र माध्यमिक विद्यालयमा थप एक जना नायब सुव्वा सरहको कर्मचारी व्यवस्थापन गर्न सुघmाएको छ ।।

उक्त प्रतिवेदनमा कक्षा ८ सम्म अध्ययनरत ५३ लाख विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्नुपर्ने र ३६ हजार ५३१ बालविकास केन्द्रका बालविकासका शिक्षकहरूलाई प्राथमिक तृतीय सरहको सेवा सुविधाको व्यवस्था गर्न र प्रत्येक वालविकास केन्द्रमा सहायक शिक्षकको व्यवस्था गर्न सुझएको छ ।

Thuprai - Books and E-books