Bachelors Portal

केयुको बार्षिक बजेट करिब रु ५ अर्ब

काठमाडौं विश्वविद्यालय (केयु) को रु चार अर्ब ३० करोड ९० लाख  बार्षिक बजेट पारित भएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार डा अच्युतप्रसाद वाग्लेले आज विश्वविदालयको ९७ औँ सभामा  प्रस्तुत गरिएको बजेट पारित गरिएको हो ।

त्यस्तै सभाले आगामी २९ औँ दीक्षान्त समारोहका लागि विभिन्न सङ्कायबाट दीक्षित हुने दुई हजार ३१४ विद्यार्थीको ग्रेसलिष्ट पारित गरेको छ ।

सो सभामा विश्वविदालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  धुलिखेल अस्पतालबिचको बेमेल आपसमा बसेर समाधान गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको विश्वविद्यालयको  कुलपतिका  ओलीले विश्वविद्यालय र अस्पतालबिचको सहकार्य कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन् ।

“विश्वविद्यालयले तत्कालै नयाँ अस्पताल खोल्न र त्यसका लागि सरकारले लगानी गर्न नसक्ने भएकाले धुलिखेल अस्पतालसँगको सम्बन्ध र सहकार्यलाई कम्तीमा पाँच राखिनुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने “त्यस अवधिभित्र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने गरी तयारी गर्नेछ । यीलगायत नीतिगत विषयमा आगामी भदौभित्र विश्वविद्यालयको अर्को सिनेट बैठक गरेर निर्णय गरिनेछ । त्यही बैठकमा अन्य चुनौती र कठिनाइका विषयवस्तुलाई पनि छलफलमा राखिनेछ ।”

सभामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले विश्वविद्यालयले अस्पतालसंगको सम्बन्ध एकाएक तोड्न नमिल्ने विचार राखेपछि प्रधानमन्त्री ओलीले यस विषयमा उपकुलपति डा भोला थापालाई स्पष्ट पार्न समय दिएका थिए । पूर्व उपकुलपति डा सुरेशराज शर्मासहितको राय लिएर कुलपति ओलीले हाल दुवै संस्थाको सम्बन्ध कायम राख्न आवश्यक  रहेको बताएक  हुन्।

प्रधानमन्त्री ओलीले सिट क्षमता अनुसार विश्वविद्यालयमा विद्यार्थी भर्ना हुने अवस्था ल्याउन पनि सुझाए । नेपाल सरकारको गत आर्थिक वर्षमा अनुमानभन्दा २४ प्रतिशतले राजस्व कम उठेको र खर्च डरलाग्दो गरी बढेकाले चाहेर पनि सरकारले विश्वविद्यालयलाई थप अनुदान दिन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ  रहेको उनको सचिवालयले जानकारी दियो ।

 

Thuprai - Books and E-books