काठमाडौं महानगरपालिकाले ल्यायो 'जलवायुका लागि बालबालिका' भिडियो प्रतियोगिता

काठमाडौं महानगरपालिकाले ल्यायो 'जलवायुका लागि बालबालिका' भिडियो प्रतियोगिता

काठमाडौं महानगरपालिकाले 'काठमाडौं जलवायु कार्य सप्ताह' अन्तर्गत विद्यालय उमेरका बालबालिकाका लागि 'जलवायुका लागि बालबालिका' शीर्षकमा १ मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।

नगर कार्यपालिकाको कार्यालयले जनाएअनुसार जलवायु परिवर्तनले पारिरहेको विश्वव्यापी असर घटाउन समुदायस्तरमा गर्न सकिने प्रयासहरूको प्रवर्द्धन तथा क्षति न्यूनीकरणका लागि व्यक्ति र समुदायको जिम्मेवारी प्रवर्द्धन गर्ने उद्देश्यले मंसिर ७ गतेदेखि १३ गतेसम्म विभिन्न साझेदारहरूसँगको सहकार्यमा हरेक दिन फरक कार्यक्रम आयोजना गरिने छ।

सप्ताहअन्तर्गत विद्यालय उमेरका बालबालिकालाई सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउन कक्षा ६ देखि १२ सम्म अध्ययनरत बालबालिकाबीच यो प्रतियोगिता आयोजना गरिएको हो। काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दाका बालबालिका तथा महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू प्रतियोगितामा सहभागी हुन पाउने छन्।

पुरस्कार

  • प्रथम पुरस्कार: रु ५०,०००

  • दोस्रो पुरस्कार: रु ३०,०००

  • तेस्रो पुरस्कार: रु २०,०००

  • सान्त्वना पुरस्कार: ७ जनालाई जनही रु १०,०००

थप जानकारी तथा दर्ताका लागि सूचनामा दिइएको क्युआर कोड स्क्यान गर्न महानगरपालिकाले आग्रह गरेको छ।

Kathmandu metro