CMAT

शिक्षकको काज फिर्ता गर्न एकाइ र स्थानीय तहलाई निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबैशिक्षकहरूको काज फिर्ता गर्न  ७७ ओटै  शिक्षा विकास तथा समन्वय एकाइलाई  र स्थानीयलाई निर्देशन दिएको छ । 

केन्द्रका निर्देशक नारायणप्रसाद पोख्रेलद्वारा हस्ताक्षरित पत्रमा  विभिन्न श्रीर्षकमा काजमा रहेका शिक्षकहरूको काज फिर्ता गर्न निर्देशन दिइएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैशाख २५ को मन्त्रीस्तरीय निर्णयले सवै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरिएको थियो । सोही निर्णय अनुसार शिक्षा ऐन २०२८ को दफा १६ च २ को उपदफा (१) मा सामुदायिक विद्यालयका शिक्षकलाई शिक्षा प्रदान गर्ने वा विद्यालय प्रशासन सम्बन्धी काममा बाहेक अन्य काममा लगाउनु हुँदैन भन्ने व्यवस्था अनुसार काज फिर्ता गर्न निर्देशनदिइएको सो पत्रमा उल्लेख छ ।

शिक्षा नियमावली २०५९ को नियम १३३ को उपनियम १ को खण्ड (ज) मा सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर कामकाज गर्न नहुने भन्ने व्यवस्था छ ।

Thuprai - Books and E-books