Bachelors Portal

शिक्षकलाई मासिक तलब प्रदान गर्न निर्देशन

Managed Admission 2022

सरकारको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम वाचन गर्दै गत जेठ १गते राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको तलब मासिक रूपमा दिने कार्यक्रम रहेको घोषणा गरे ।

त्यसपछि भएका विभिन्न औपचारिक तथा अनौपचारिक स्थलमा तत्कालीन शिक्षा मन्त्रीहरूले  पटक पटक स्थानीय तहलाई मासिक तलब प्रदान  निर्देशन दिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्थानीय तहहरूलाई शिक्षकलाई मासिक तलब भत्ता उपलब्ध गराउन अनुरोध गरेकी थिइन् ।

पटक पटक निर्देशन आउने तर मासिक तलब नपाएपछि केन्द्रको निर्देशन पश्चात सामाजिक सञ्जालमा ती निर्देशनलाई कार्यान्वयन नहुने तिक्तता पोखिरहेका छन् ।

यसैविच शिक्षा  तथा मानव स्रोत विकास केन्द्रले पुनः शिक्षकलाई मासिकतलब प्रदान गर्न निर्देशन दिएको छ ।  चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिको खण्ड २ स्थानीय तहबाट सम्पादन हुने सशर्त अनुदानका सव बजेट उपशीर्षकहरूको कार्यक्रम कार्यान्वयन प्रक्रिया एवम् मापदण्डको शिक्षकको तलबभत्ता अन्तर्गत बुँदा नं ५  मा मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाइने उल्लेख छ ।

विद्यालयले त्रैमासिकको पहिलो महिनामा ३ महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता स्थानीय तहमा माग गर्ने र सोका आधारमा स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिकरूपमा तलब भत्ता भुक्तानी गर्नुपर्ने भनिएको छ । 

सोही  प्रावधानलाई प्रभावकारी कार्यान्वयन केन्द्रको  हिजोको निर्णयानुसार सबै पालिकालाई निर्देशन दिएको  छ ।

Select college / campus