Bachelors Portal

सहमति विना अतिरिक्त कक्षा अनिवार्य नगर्न महानगरको निर्देशन

Managed Admission 2022

अभिभावक तथा विद्यार्थीको सहमति बिना त्यस्ता अतिरिक्त कक्षाहरू अनिवार्य नगर्न काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

शिक्षा विभागमा अभिभावकलाई बाध्य पारी अतिरिक्ति शुल्क लिने गरेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो ।

‘महानगरपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयहरूले विद्यार्थीलाई अतिरिक्त कक्षाको नाममा विद्यार्थी तथा अभिभावकलाई बाध्य पारी अतिरिक्त शुल्क लिएको भनी सम्बन्धित अभिभावकहरूको जनगुनासो प्राप्त भएकाले यस महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।’ निर्देशनमा भनिएको छ, ‘‘अभिभावक तथा विद्यार्थीको सहमति बिना त्यस्ता अतिरिक्त कक्षाहरु अनिवार्य  नगराउनु हुन र अतिरिक्त कक्षामा सहभागी हुन सहमति जनाएका विद्यार्थीलाई सहुलियत दरमा शुल्क लिने गरी मात्र अतिरिक्त कक्षा सञ्चालन गर्ने व्यवस्था हुनका लागि अनुरोध छ ।’

Select college / campus