काठमाडौं महानगरले सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा छात्राभन्दा बढी छात्र रहेका छन् । महानगरले हिजो सञ्चालन गरेको सो परीक्षामा ३ हजार ४ सय छात्र र १ हजार ७७२ जना छात्रा सहभागी भएका छन् ।
३ हजार ९१३ जना छात्र र २ हजार १०४ जना छात्रा गरी ६ हजार १७ जनाले आवेदन थिएका मध्ये ३ हजार ४ सय छात्र र १ हजार ७७२ जना छात्रा गरी ५ हजार १७२ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
सो परीक्षामा ८४५ जना आवेदकले परीक्षा नै नदिएको महानगर शिक्षा विभागले जानकारी दियो ।
नतिजा प्रकाशनकाठमाडौं महानगरपालिका भित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छनोट गर्न हिजो ११ बजेदेखि १ बजेसम्म लिइएको परीक्षामा सहभागी सबैले न्यूनतम अंक ल्याएका छन् । आवेदन स्वीकृत भएका ६०१७ जना परीक्षार्थीमध्ये ५१६२ जना विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए । परीक्षामा संलग्न लिष्टबमोजिमका परीक्षार्थीले न्यूनतम उत्तीर्णाङ्क प्राप्त गरेको शिक्षा विभागले जारी गरेको सूचनामा उल्लेख गरेको छ । नतिजा उपर चित्त नबुझेमा साउन २२ गते कार्यालय समयभित्र काठमाडौं महानगरपालिका, शिक्षा विभाग काठमाडौं प्लाजामा परीक्षार्थी स्वयम् उपस्थित आवेदन दिनु पर्ने सूचनामा उल्लेख छ । |
सो परीक्षाका लाथि ४ हजार १५५ जना विद्यार्थीले विज्ञान विषयका आवेदन दिएका थिए तर परीक्षामा ३ हजार ७१३ जना मात्र सहभागी भएको महानगरले जानकारी दियो ।
१ हजार ४८४ जना व्यवस्थापन विषयका आवेदकमध्ये १ हजार १८० जना परीक्षामा सामेल भएका थिए । २४५ जना प्राविधिक विषयका आवेदकमध्ये १७६ जना, ८९ जना कानुन विषयका आवेदकमध्ये ६९ जना, १८ जना मानविकी विषयका आवेदकमध्ये १६ जना र २६ जना शिक्षा विषयका आवेदकमध्ये १८ जना परीक्षामा सामेल भएको शिक्षा विभागले जानकारी दियो ।
१५ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । सो परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०-३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्नका वहुवैकल्पिक प्रश्न सोधिएको थियो ।
छनोट परीक्षाका् उत्तीर्णाङ्क ४० प्रतिशत कायम गरेको शिक्षा विभागले जानकारी दियो । गलत उत्तरका लागि नेगेटिभ मार्किङ नगरी अनलाइन म्याचिङ् विधिबाट उत्तर परीक्षण गरिएको शिक्षा विभागले जानकारी दियो ।
सामुदायिकका ४० प्रतिशतले छात्रवृत्ति पाउने
महानगरले सामुदायिक विद्यालयमा अध्ययन गरेका ४० प्रतिशत, संस्थागत विद्यालयका ५ प्रतिशत, काठमाडौं महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९ प्रतिशत, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका १ प्रतिशत छात्रवृत्ति प्रदान गरिने महानगरले जानकारी दियो ।
भने, बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानि सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागु हुने गरी छात्रालाई ३३ , आदिवासी र जनजातिलाई १५, मधेसीलाई १२, खसआर्यलाई १७ आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइने महानगरले जानकारी दियो ।
त्यसैगरी, दलितलाई ९, मुस्लिमलाई २, थारुलाई ४, अपाङ्गता भएको व्यक्तिलाई २, पिछडिएको क्षेत्रका (छाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्लाका) व्यक्तिलाई ४, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २ प्रतिशत छात्रवृत्ति दिइने महानगरले निर्णय गरेको छ ।
एकमुष्ठ योग्यताक्रम नतिजा