Bachelors Portal

सर्वोत्कृष्ट प्रधानाध्यापक, विद्यालय र पालिका पुरस्कृत

Managed Admission 2022

प्रिन्सिपल्स एशोसियशन अफ नेपाल (पान)  ले लामो समयसम्म शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुयाएका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकहरूलाई सम्मान गरेको छ ।

पानको  आजदेखि सुरु भएको (२६, २७ र २८ गते) राष्ट्रिय सम्मेलनको अवसरमा विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी सम्मान गरेको हो ।

पुरस्कृत गर्न गठित मूल्याङ्कन समितिले मूल्याङ्कन गरी सातै ओटा प्रदेशबाट सात पालिका,  सात विद्यालय र सात जना प्रधानाध्यापकलाई पुरस्कृत गरेको छ ।

कोशी प्रदेश

पानले कोशी प्रदेशबाट  उत्कृष्ट पालिका (स्थानिय तह) तर्फ  सूर्योदय नगरपालिका  इलाम, उत्कृष्ट विद्यालयमा  सुकुना मावि सुन्दर हरैचा, मोरङ र  उत्कृष्ट प्रधानाध्यापकतर्फ  कुवेर प्रसाद भेटवाल  श्री मनकामना रत्न अम्विका मावि। संखुवासभालार्ए पुरस्कृत गरेको छ ।

 मधेस प्रदेश

 मधेस प्रदेश बाट  उत्कृष्ट पालिका (स्थानिय तह) तर्फ  कोहलवी नगरपालिका  बारा,  उत्कृष्ट विद्यालयतर्फ जनता मावि गौरीडाँडा, बर्दिबास र उत्कृष्ट प्रधानाध्यापकतर्फ  विनोद मेहता, शारदा मावि , सुगौली, पर्सालाई सम्मान गरेको छ ।

 बागमती प्रदेश

 बागमती प्रदेशबाट उत्कृष्ट पालिका (स्थानिीय तह) तर्फ  काठमाडौं महानगरपालिका,  उत्कृष्ट विद्यालयतर्फ नारायणी मावि चितवन र उत्कृष्ट प्रधानाध्यापकतर्फ प्रदिप पराजुली, जनक मावि काभ्रेपलाञ्चोकलाई सम्मान गरेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशबाट  उत्कृष्ट पालिका (स्थानीय तह) तर्फ  मध्यविन्दु नगरपालिका  नवलपरासी पूर्व , उत्कृष्ट विद्यालयतर्फ विन्ध्यवासिनी मावि, बाटुलेचौर, कास्की र उत्कृष्ट प्रधानाध्यापक तर्फ  लेख बहादुर हमाल, प्रकाश मावि, बेनी, कास्कीलाई सम्मान गरेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशबाट उत्कृष्ट पालिका (स्थानीय तह) मा  ठाकुरबाबा नगरपालिका, बर्दिया, उत्कृष्ट विद्यालय तर्फ कालिका मानवज्ञान मावि, रुपन्देही र  उत्कृष्ट प्रधानाध्यापक तर्फ भागवत पौडेल, सेन्टर मावि, तुल्सिपुरलाई सम्मान गरेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेश बाट उत्कृष्ट पालिका (स्थानीय तह)  चौरजहारी नगरपालिका, रुकुम पश्चिम, उत्कृष्ट विद्यालय तर्फ  चन्दननाथ नमुना मावि।, खलङ्गा, जुम्ला र उत्कृष्ट प्रधानाध्यापकमा  याम बहादुर श्रेष्ठ, जन नमुना मा।वि।, बिरेन्द्रनगर (६, सुर्खेत लाई सम्मान गरेको छ ।

 सुदुर पश्चिम प्रदेश

 सुदुर पश्चिम प्रदेशकबाट उत्कृष्ट पालिका (स्थानीय तह)  धनगढी उप महानगरपालिका, कैलाली, उत्कृष्ट विद्यालय तर्फ  महेन्द्र नमुना मावि  दार्चला र उत्कृष्ट प्रधानाध्यापक तर्फ (शुभराज उपाध्याय, मालिका नमुना मावि, बाजुरालाई सम्मान गरेको छ ।

 उत्कृष्ट पालिका (स्थानीय तह) छनौटका आधारहरु

१. शिक्षा क्षेत्रमा गरेको लगानी –३०

२. निःशुल्क र समावेशी शिक्षाको पहल – १०

३. दीर्घकालीन योजना –१०

४. असल अभ्यास–  २०

५. प्राविधिक धार सञ्चालन –१०

६. स्थानिय पाठ्यक्रम– सूचना तथा प्रविधि – १०

७ सुशासन– १० गरी जम्मा सयअंकका आधारमा मूल्याङकन गरेको थियो

उत्कृष्ट विद्यालय छनौटका आधार

१. भौतिक पूर्वाधार–  २०

२ सरसफाई हरियाली विद्यालय वातावरण – २०

३. कक्षा ८ र माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा – २०

४. जनविश्वास –विद्यार्थी आकर्षण– १०

५.. विद्यार्थी संङ्ख्या – १०

६. असल अभ्यास – १०

७.  सह अतिरिक्त क्रियाकलाप – १० अङ्क प्रदान गरी मूल्याङ्कन गरिएको थियो ।

उत्कृष्ट प्रधानाध्यापक छनौटका आधारहरु

१. नेतृत्व दक्षता ( २०

२. असल अभ्यास ( २०

३. विद्यालय वातावरण ( १५

 ४. गुणस्तर विकास र सुधार –१५

५ समुदाय सहयोग परिचालन – १०

६. सुशासन–   १०

७. सूचना प्रविधि दक्षता–  १० गरी अङ्क प्रदान गरी मूल्याङ्कन गरिएको थियो ।

Select college / campus