CMAT

नीतिगत तहबाटै शिक्षा सुधार गर्नुपर्नेः महामन्त्री थापा

Bachelors Portal

चिकित्सा शिक्षामा छरिएको भ्रमको अन्त्य हुनुपर्ने नेपाली कांग्रेसका महामन्त्री तथा सांसद्  गगन थापाले  बताएका छन् ।

आजबाट सुरु भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै छिमेकीमूलकमा नर्सिङ् पढ्न धेरै गए भनेर छरिएको भ्रमको अन्त्य गर्दै विश्वविद्यालय सुधार गर्नुपर्नेमा उनको जोड थियो ।

कतिपय विद्यार्थी हाम्रो विशवविद्यालयका कारण विद्यार्थी विदेशिएको बताए । ‘विश्वविद्यालय शिक्षा सुधार गर्ने वित्तिकै धेरै कुरा रोक्न सकिने छ ।’ उनले भने, ‘उच्च शिक्षामा सुधारका लागि संसदमा सरकारले उच्च शिक्षा विधेयक ल्याउँदै छ,  विश्वविद्यालयको स्वयत्तता, विविधता, मौलिकता र विश्वबजारका निम्ति अनुकुल कसरी हुने भनेर काम गर्नुपर्छ ।’

त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयका पदाधिकारी रिक्त छन् । हामीले कानुन आएपछि सुधार गरौला भनेर पर्खन नहुने बताए । ‘संसदले पाएको जिम्मेबारी पुरा गर्न सबै त्रिवि, पूर्वाञ्चल, पोखरा विश्वविद्यालयमा भाग बण्डा नगरी नेतृत्व छान्नु पर्छ ।’ उनले भने, ‘अहिले कसैले औंला ठड्याउन नसक्ने गरी काम गर्न सकेनौं भने पछि रोइकराइ गरेर केही हुँदैन, हामी चुक्छौं ।’

प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षा विधेयक र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छलफलमा ल्याएको विधेयकको प्रस्तावना तफृ लक्षित गर्दै उनले अहिले शिक्षाको नीतिगत सुधारका लागि काम गर्ने अवसर आएको उनले बताए । ‘विद्यालय र उच्च शिक्षा विधेयक निर्माणको यो चरणलाई शिक्षाको गुणस्तर सुधार गर्ने गरी कानुन बनाउने मौकाको रुपमा सदुपयोग गर्नुपर्छ ।’ उनले भने, ‘विद्यालय शिक्षा विधेयकमा स्वार्थ समूह हावी भएको हुँदा दलको स्वार्थ भन्दा पनि गुणस्तर सुधार गर्ने गरी कानुन बनाउनुपर्छ ।’

विद्यालयको भवन बनेको छ तर, विद्यार्थी टिकाउन सकेको छैन । एक कक्षामा १०० जना भर्ना भएका  मध्ये कक्षा १२ कक्षा पुग्दा ३२ जना मात्रै बाँकी रहन्छन् । ‘केटाकेटी पढिरहेका छन् तर, विज्ञान, अङ्ग्रजी, गणित सिक्न सकेन भने अर्को पटक ट्रेन छुट्छ । फाउण्डेशन नभएको केटाकेटी भयो भने चाहेर पनि केही गर्नै सक्दैनौ ।’ उनले भने, ‘विद्यालय शिक्षा विधेयकमा गम्भीरता पूर्वक काम गर्नुपर्छ, आरोप प्रत्यारोप गर्ने, राजनीतिक दलको आग्रहको रुपमा आफ्नो पोजिसनको रुपमा प्रयोग गर्ने कि जनताको पक्षमा काम गर्ने हो ? यस तर्फ संसदमा प्रतिनिधित्व गर्ने सबै दल सचेत हुन जरुरी छ ।’

अधिवेशलाई आज सम्बोधन गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले चिकित्सा शिक्षा प्रदायक शिक्षालय बन्द गरेका कारण विद्यार्थी विदेशिएको बताए । ‘सरकारले स्वदेशी नर्सिङ कलेज र मेडिकल कलेज बन्द गरेको कारण नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न विदेश जाने गरेका हुन् ।’ उनले भने,  ‘राज्यले अर्बौ लगानी गरेको गेटा मेडिकल कलेजलाई सञ्चालन गर्न नदिने अनि नेपाली विद्यार्थी पढ्नको लागि विदेश जानु पर्ने ? यो भन्दा दुर्भाग्य के हुन सक्छ ?,’सरकारको असफलता, भ्रष्टाचार र तस्करी काण्डबाट वितृष्णा भएर युवाहरू विदेश अध्ययनमा गएको उनको दाबी छ ।

Thuprai - Books and E-books
I Tech store