A Levels MA

वैशाख मसान्तसम्म सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय

मन्त्री परिषद्को आज बसेको बैठकले शहरी क्षेत्रका  विद्यालय तत्काल बन्द गर्ने निर्णय गरेको छ । साथै सो बैठकले सामुदायिक  तथा संस्थागत सबै विद्यालय आगामी वैशाख मसान्तसम्म  बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमण विद्यालय जाने बालबालिकालाई धेरै देखिन थालेकाले जोखिम बढेको छ । आइतबारसम्म पाँच वर्षमुनिका तीन हजार ५६५ बालबालिकामा कोरोना भाइरस सङ्क्रमण देखिएको र १० जनाको निधन भएको थियो । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ प्रभावित १४ जिल्लाका विद्यालयमा विद्यार्थीलाई नजानका लागि आग्रह गरेको थियो ।

आज बसेको मन्त्रीपरिषद् बैठकले संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, वीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरमा  विद्यालय बन्द गर्ने निर्णय गरेको छ !

मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ ।  शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज चौतर्फि उठ्दै आएको छ । लामो समयदेखि स्वास्थ्य मन्त्रालय तथा विज्ञले तत्काल विदालय बन्द गर्नुपर्ने सुझाव दिँदै आएको भए पनि यसको सुनुवाइ हुन सकेको थिएन । पछिल्लो समय विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपनि सरोकारवाला  पक्ष दुई धारमा देखिएका थिए । शिक्षा मन्त्रीलाई विद्यालय बन्द गर्न नहुने चर्को दवाव दिँदै आएका समूहसंग पटक  पटक शिक्षा  मन्त्रालयले बैठक  बसे पनि ठोस निर्णय भने गर्न सकेको थिएन । 

Thuprai - Books and E-books