After SEE Portal

गण्डकी विश्वविद्यालय एमबीबीएस कक्षा सञ्चालनको तयारीमा

Bridge Course

पहिलो पटक स्पोर्ट म्यानेजमेन्टको पढाइ सुरु गरेको गण्डकी विश्वविद्यालयले एमबीबीएस कक्षा सञ्चालनका लागि आवश्यक तयारी थालेको छ ।

स्पोट म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण राम्रो भएको र निकट भविष्यमै एमबिबिएस पढाइसँगै शिक्षण अस्पतालको अवधारणा ल्याएको हो । विश्वविद्यालयले आवश्यक पूर्वाधारका लागि जग्गा प्राप्तिको समस्या रहेको हालै प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बुझाएको वार्षिक प्रतिवेदनमा बुझाएको छ ।

विश्वविद्यालय न्यासिक परिषद अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले मुख्यमन्त्री पोखरेललाई बुझाएको प्रतिवेदनमान्यासिक परिषद अध्यक्ष डा। देवकोटाले यो वर्ष विश्वविद्यालयको प्रशासनिक, अनुसन्धान केन्द्र, पुस्तकालय लगायत कक्षा कोठाहरुको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनको काम भइरहेकाले यथेष्ट बजेट आवश्यक पर्ने उल्लेख गरिएको छ ।

विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालयले नेपालमै पहिलो पटक सुरु गरेको स्पोर्ट्स म्यानेज्मेन्टमा विद्यार्थीको आकर्षण राम्रो भएको बताएका छन् ।

कुलपति गुरुङले नेपालमा नै पहिलो पटक सुरु भएको स्पोर्टस म्यानेज्मेन्टमा विद्यार्थीको आकर्षण गरेको जानकारी दिँदै विश्वविद्यालयले व्याचर इन फार्मेसीव्याचलर इन आइटीको कक्षा पनि सुरु जानकारी दिए । पोखरा ३२ मा सञ्चालित फार्मेसीमा अहिले १५ जना विद्यार्थी अध्ययनरत छन् महेन्द्रपुलबाट सुरु गरिएको आइटीमा २९ जना विद्यार्थी पढिरहेका छन्।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले जुन भावना र मर्म अनुसार विश्वविद्यालय स्थापना भएको हो, त्यसैगरी काम गरेर नतिजा देखाउन आग्रह गरे । दक्ष जनशक्ति उत्पादन गरी गण्डकी र अन्य प्रदेशमा समेत उपलब्ध गराउन विश्वविद्यालयले भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । शैक्षिक प्रमाणपत्र हातमा परे पनि कुनै सीप नभएका कारण बेरोजगारी बढिरहेको भन्दै यही अवस्था अन्त्यका लागि गण्डकीले विश्वविद्यालय स्थापना गरेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनले विश्वविद्यालयका गतिविधि र शैक्षिक कार्यक्रमका बारेमा जिज्ञाशा राखेका थिए ।

A Levels MA