
अर्थ मन्त्रालय महालेखा नियन्त्रक कार्यालय (बजेट कार्यान्वयन वा सोधभर्ना शाखा) ले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको तेश्रो त्रैमासिक निकासा फुकुवा गरेको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयलाई सम्बोधन गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत विद्यालय क्षेत्र विकास कार्यक्रम तर्फको चालु आबको बैदेशिक सो्रत सोधभर्ना हुने ऋण –अनुदान तर्फ तेश्रो त्रैमासिक फुकुवा गरेको जनाएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको फुकुवा छुट हुन गएकोले तेश्रो त्रैमासिक सम्मको निकासा बिनियोजन भएको बजेट मध्ये स्वकृत बार्षिक कार्यक्रम र अख्तियारी हुने गरी तेश्रो त्रैमासिक अवधि सम्मको फुकुवा गरेको महालेखा नियन्त्रक कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

आइसीटी ल्याब व्यवस्थापन सम्बन्धि थप स्पष्ट
शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखाले आज एक सूचना जारी गर्दै आइसीटी ल्याब व्यवस्थापन सम्बन्धमा थप स्पष्ट पारेको जनाएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा आइसीटी ल्याब स्थापना, सुदृढीकरण एवम् व्यवस्थापनको कार्य गरिसकेपछि स्थानीय तहको सूचना प्रविधि शाखा वा केन्द्रबाट आवश्यक सहयोग लिन अनुरोध गरेको छ ।
केन्द्रले यस अघि दिइएको स्पेसिफिकेसन अनुसार कार्य गरिसकेपछि सो कार्य तथा सामग्रीको मूल्याङ्कन गर्न सहयोग लिन निर्देशन दिएको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आइसीटी ल्याब निर्माणका लागि २ हजार १०६ विद्यालय छनोटमा परेका थिए ।
छनोटमा परेका सबै विद्यालयलाई केन्द्रले प्रति विद्यालय रु ६ छ लाख ५० हजार बजेट प्रदान गरेको छ । सोही रकममा कम नहुनेगरी कार्य बढाउने केन्द्रले एक सूचना जारी गरी निर्देशन दिएको हो ।
राष्ट्रपति शैक्षिक सुधारका लागि रु। सात अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । आइसीटी ल्याब निर्माण तथा व्यवस्थापनका लागि चार हजार २३५ विद्यालयले केन्द्रमा प्रस्ताव पठाएका थिए ।



