विशेष शिक्षा परिषद्को बैठकले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच र शिक्षक कर्मचारीको सेवा सुविधामा समानता ल्याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको बठैकले उक्त निर्णय गरेको हो ।
समावेशी र निःशुल्क शिक्षा कार्यान्वयनमा परिषद्का निर्णयहरू महत्त्वपूर्ण हुने मन्त्री घट्टराईले बताइन् ।