प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) राष्ट्रिय सिप परीक्षण समिति (एनएसटीबी) ले सिप परीक्षणका लागि आवेदन माग गरेको छ ।
एनएसटीबीबाट स्वीकृत राष्ट्रिय व्यवसायगत सिप प्रमाणिक अनुसार सहुलियत शुल्कमा सञ्चालन हुने पूर्व सिकाइको सिप परीक्षणमा सहभागी भइ स्वदेशमै रोजगार, अनुभवी एवं वैदेशिक रोजगारबाट फर्केका नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो । सिप प्रमाणीकरण गर्न चाहनेले पुस ११ गते भित्र आवेदन दिनु पर्नेछ ।
तह एकका लागि सम्बन्धित व्यवसायको ज्ञान र सिप भई सम्बन्धित पेशामा कम्तीमा एक वर्षको कार्य अनुभव भएको, वा सम्बन्धित व्यवसायको तालीम सहित ६ महिनाको कार्य अनुभव भएको,तह २का लागि सम्बन्धित व्यवसायको ज्ञान र सिप भई सम्बन्धित पेशामा कम्तीमा ३ वर्षको कार्य अनुभव भएको, वा सम्बन्धित व्यवसायमा तह १ को सिप परीक्षणा उत्तीर्ण भई सम्बन्धित व्यवसायमा एक वर्षको कार्य अनुभव भएको, तह ३ का लागि सम्बन्धित व्यवसायको ज्ञान र सिप भई सम्बन्धित पेशामा कम्तीमा छ वर्षको कार्य अनुभव भएको,वा सम्बन्धित व्यवसायमा एक वर्षको तालीम लिई सम्बन्धित व्यवसायमा २ वर्षको कार्य अनुभव भएको,वा सम्बन्धित व्यवसायमा तह २ को सिप परीक्षण उत्तीर्ण भई सम्बन्धित व्यवसायमा एक वर्षको कार्य अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने सीटीईभीटीले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।