CMAT

त्रिवि सभा सदस्यका लागि पाँच शिक्षक निर्वाचित

त्रिभुवन विश्वविद्यालयको सभा सदस्यका लागि हिजो भएको निर्वाचनबाट पाँच जना शिक्षक निर्वाचित भएका छन् ।

त्रिविको प्राध्यापक संघ क्याम्पस इकाईका अध्यक्ष र सचिवको निर्वाचन मण्डलले समानुपातिक एकल संक्रमणीय मतको आधारमा निर्वाचन गरेको हो ।

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा ८ को (त) अनुसार भएको निर्वाचनबाट अङगदमणि गौतम,अभिमन्युलाल सिंह, कमलराज सापकोटा, डा. कल्पना लुइटेल र डा. शिवनारायण यादव निर्वाचित भएका हुन् ।

निर्वाचित शिक्षकको पदावधि तीन वर्षको रहने ऐनमा व्यवस्था गरिएको छ ।

सभामा निर्वाचित पाँच सदस्य सहित विश्वविद्यालयको कुलपति अध्यक्ष,सहकुलपति उपाध्यक्ष, र शिक्षाध्यक्ष सदस्य सचिव रहेने व्यवस्था छ। सदस्यमा उपकुलपति,नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, नेपालविज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति र अन्य विश्वविद्यालयका उपकुलपतिहरूमध्येबाट दुईजना, रजिष्ट्रार, सचिव, शिक्षा तथा संस्कृति मन्त्रालय, सचिव, अर्थ मन्त्रालय, सदस्य, राष्ट्रिय योजना आयोग (शिक्षा सम्बन्धी हेर्ने) भूतपूर्व उपकुलपतिहरूमध्येबाट एक जना,अध्ययन संस्थानका डीनहरू, संकायका डीनहरू, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकहरूर विभागका प्रमुखहरूमध्येबाट पाँच जना रहेनव्यवस्था छ ।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको प्रतिनिधि एकजना, नेपाल पब्लिक क्याम्पस संघको प्रतिनिधि एकजना,आङ्गिक क्याम्पस (आङ्गिक महाविद्यालय) का क्याम्पस (महाविद्यालय) प्रमुखहरू मध्येबाट दुई जना, सम्बन्धन प्राप्त क्याम्पस (सम्बन्धन प्राप्त महाविद्यालय) का क्याम्पस (महाविद्यालय) प्रमुखहरू मध्येबाट दुई जना, नेपाल प्राध्यापक संघका प्रतिनिधि एक जना, ख्याति प्राप्त विद्वान वा प्रतिष्ठित व्यक्तिहरू मध्येबाट दुई जना, विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरू मध्येबाट दुई जना, पत्रकारहरू मध्येबाट एक जना, विश्वविद्यालय कर्मचारी संघका केन्द्रीय समितिका प्रतिनिधि एक जना र उद्योगपति, व्यापारी तथा चन्दादाताहरू मध्येबाट दुई जना सदस्य रहने व्यवस्था छ ।

 

 

Thuprai - Books and E-books