After SEE Portal

संस्कृत माविमा अध्ययनरत विपन्न विद्यार्थीलाई लक्षित गर्दै अक्षकोष स्थापना

Bridge Course

संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि लायन्स क्लब अफ उज्यालो चौतारीले रु एक लाख एक हजार १११ को अक्षयकोषको स्थापना गरेको छ ।

पोखरा महानगरपालिका–१ भीमकालीपाटन स्थित संस्कृत माविमा अध्ययनरत विपन्न विद्यार्थीलाई लक्षित गर्दै क्लबले अक्षयकोष स्थापना गरेको हो ।

क्लबले आफ्नै सदस्यसंग रकम सङ्कलन गरेर अक्षयकोष स्थापना गरेको क्लबका अध्यक्ष अच्युत शर्माले जानकारी दिए । “अहिले बोर्डिङ स्कूल पढ्ने र उच्चशिक्षाका लागि विदेश जाने संस्कारको विकास भइरहेको छ, संस्कृत शिक्षाको महत्व उजागार हुन नसक्दा मौलिक संस्कार र संस्कृतिसमेत गुमिरहेको छ, यसको महत्वलाई उजागार गर्न संस्कृत शिक्षामा जोड दिन आवश्यक छ । उनले भने, यो सानो प्रयासले संस्कृत भाषा उत्थानमा सहयोग पुग्नेछ ।” अक्षयकोषको रकमको ब्याजले संस्कृत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको अध्ययन खर्चमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

विद्यालयमा हाल २०० विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयमा कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ । कक्षा ६ देखि १२ सम्म २०० पूर्णाङ्कको संस्कृत विषय पढ्नुपर्ने हुन्छ भने आवासीय विद्यार्थीले ३०० पूर्णाङ्कको संस्कृत विषयको परीक्षा दिनुपर्ने सो विद्यालयका प्रधानध्यापक गोविन्द सिग्देलले जानकारी दिए ।

विद्यालयमा ४० दलित विद्यार्थी छन् । त्यसैगरी ४० प्रतिशत छात्राले संस्कृत विषय अध्ययन गरिरहेका छन् । अक्षयकोषको ब्याज रकमले विपन्न विद्यार्थीका लागि खाजा, स्टेशनरी र पोशाकका लागि खर्च गरिने जनाइएको छ । विद्यालयमा दुई सहयोगी र १८ शिक्षक–शिक्षिका रहेका छन् ।

तत्कालीन राणा प्रधानमन्त्री देवशम्शेरको निगरानीमा विसं १९५८ मा विन्ध्यवासिनी मन्दिर परिसरमा भाषा पाठशालाको रूपमा यस विद्यालयको स्थापना भएको हो । विसं २०१२ तिरबाट भीमकाली पाटनमा स्थानीय पराजुलीहरुले ८० रोपनी जग्गा उपलब्ध गराएपछि उक्त स्थानबाट संस्कृत विषयको पठनपाठन हुँदै आएको छ ।

उक्त विद्यालयको १० रोपनी जग्गा संस्कृत क्याम्पसले समेत भोगचलन गर्दै आएको छ । क्याम्पसले हाल शास्त्री ९स्नातक० पढाइ गराइरहेको छ भने यसै वर्षदेखि आचार्य ९स्नाकोत्तर० को पढाइका लागि भर्ना लिइराखेको प्रअ सिग्देलले जानकारी दिए ।

‘नेचर द फ्युचर’ शीर्षक अन्तर्गत क्लबले विभिन्न विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको शैक्षिक व्यवस्थापन गदै आएको छ ।

जहाँ आवश्यकता त्यहाँ लायन भन्ने भनाइलाई आत्मसात गर्दै भविष्यका कर्णधारको खोजी गरेर अध्ययनमा सहयोग गर्दै आएको अध्यक्ष शर्माले जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books