SEE Result 2080

मधेश प्रदेशमा माथिल्ला कक्षामा भर्नादर न्यून

Bridge Course

मधेश प्रदेशमा कक्षा ११–१२ मा खुद भर्नादर न्यून रहेको छ । शैक्षिक सत्र २०८० मा मधेशमा उक्त कक्षाको खुद भर्नादर २६ प्रतिशत मात्र रहेको छ । सो प्रदेशको कक्षा ९–१२ को भर्नादर ५१ दशमल २ हुँदा कक्षा ११–१२ को भने न्यून भएको पाइएको हो । मधेश प्रदेशको खुदभर्नादर राष्ट्रिय औसत भन्दा कम पाइएको आर्थिक सर्वेक्षण २०८० मा उल्लेख गरिएको छ ।

मधेश प्रदेशको आर्थिक सर्वेक्षणका अनुसार कक्षा १–५ को खुदभर्नादर ९५ दशमलव ४, कक्षा ६–८को ९२ दशमलव ९, कक्षा ९–१० को ७५.७ रहेको छ । सोही सर्वेक्षणमा माध्यमिक शिक्षा परीक्षामा ८० हजार पाँज जना सहभागी भएका छन् । मधेश प्रदेशबाट एसईईमा सहभागी विद्यार्थीमा जि।पि।ए। २-०० देखि २-४० प्राप्त गर्नेको संख्या सबैभन्दा बढी २०दशमलव २७ प्रतिशत रहेको छ भने जि।पि।ए। ०-८० देखि १-२० प्राप्त गर्ने विद्यार्थीको संख्या सबैभन्दा कम ० दशमलव ३३ प्रतिशत रहेको छ।  एसईईसम्म पुगेका सबै विद्यार्थी कक्षा १० बाटै विचैमा हराउँदा कक्षा ११ मा भर्ना हुनेको संख्या न्यून देखिएको छ ।

शैक्षिक सत्र २०८० मा कक्षा १ देखि १२ सम्मका कुल विद्यार्थी ७१ लाख ४३ हजार ३ सय मध्ये मधेश प्रदेशमा १५ लाख ६८ हजार ५ सय (२१।९६ प्रतिशत)  विद्यार्थी रहेका छन्।  यो शैक्षिक सत्रमा मधेश प्रदेशमा भर्ना भएकोमा छात्र र छात्राको अनुपात ५१ प्रतिशत र ४९ प्रतिशत रहेको छ। मधेश प्रदेशमा कक्षा १ देखि ८ सम्म १२ लाख ७८ हजार १ सय जना विद्यार्थी भर्ना भएकोमा छात्राको संख्या ६ लाख २५ हजार ७ सय र छात्रको संख्या ६ लाख ५२ हजार ४ सय रहेको छ। यसैगरी मधेश प्रदेशमा कक्षा ९ देखि १२ सम्म २ लाख ९० हजार ४ सय विद्यार्थी भर्ना भएका छन्, जसमा छात्राको संख्या १ लाख ३९ हजार ९ सय र छात्रको संख्या १ लाख ५० हजार ५ सय रहेको छ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार रौतहटको ५७दशमलव ७५ प्रतिशत मात्र रहेको छ । भने महोत्तरीको साक्षरता ५९दशमलव ७७ रहेको छ । भने, सर्लाहीको ६०दशमलव ३१ प्रतिशत रहेको छ ।

जनगणना अनुसार मधेश प्रदेशको साक्षरतादर ६३दशमलव ५ प्रतिशत रहेको छ । त्यसमा पनि महिलाका साक्षरता न्यून छ । महिलाको साक्षरता ५४दशमलव ७ प्रतिशत छ भने पुरुषको साक्षरतादर ६३दशमलव ५ प्रतिशत रहेको छ ।

A Levels MA
I Tech store