Bachelors Portal

नेपाल प्रधानाध्यापकहरुको अन्तर्राष्ट्रिय काउन्सिल सदस्यमा निर्वाचित

इन्टरनेशनल कन्फिडेरेसन अफ प्रिन्सिपल (आइसीपी)को २१ सदस्यीय काउन्सिल सदस्यमा नेपालबाट प्रधानाध्यापक सुदामप्रसाद गौतम निर्वाचित भएका छन् । केन्यामा भएको अधिवेशनबाट गौतमले एसिया प्रशान्तीय क्षेत्रबाट सबैभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् । एसिया प्रशान्तीय क्षेत्रबाट आइसीपीमा ४९ देश सदस्य रहेका छन् । 

केन्याको मोम्वासा सहरमा १५५ देशका एक हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए । गौतम शान्ति शिक्षा मन्दिरका प्रधानाध्यापक तथा प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)का केन्द्रीय अध्यक्ष गौतम हुन् ।

मोम्वासामा तीन दिन आइसीपी काउन्सिलको बैठक, विधान अधिवेशन तथा नयाँ कार्यसमिति छनोटको प्रक्रिया सम्पन्न भएको थियो । साथै चार दिने अन्तर्राष्ट्रिय कन्भेन्सन सम्पन्न भएको थियो । सम्मेलनबाट नेपाल आइसीपीको पूर्ण सदस्यमा पनि छनोट भएको छ । 

गैरराजनीतिक संस्थाका रुपमा रहेको पानमा हाल देशभरिका पाँच हजारभन्दा बढी प्रधानाध्यापक संगठित रहेका छन् । साथै पानले सातवटै प्रदेशमा प्रदेश र सबै जिल्लामा कार्यकारिणी समिति गठन गरिसकेको छ ।

Thuprai - Books and E-books