शैक्षिक प्रदर्शनी आयोजना

एलआरआई स्कुल, टेनप्लसटु स्टुडेन्ट काउन्सिलको इनोभेसन क्लब, कलंकीद्वारा आयोजित एक दिने विज्ञान, सामाजिक तथा औद्योगिक शैक्षिक प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ ।

प्रदर्शनीमा विद्यार्थीहरुले विज्ञान, औद्योगिक प्रदर्शनीअन्तर्गत हेक्जापड, थ्रिडी प्रिन्टेड रोबोटिक आम, रोबो ब्याटल, रोभर, ड्रोन लगायत आधुनिक सामग्री प्रदर्शन गरेका थिए । सामाजिक प्रदर्शनीमा छाउपडी प्रथा बिरुद्धको जनचेतना समेत प्रस्तुत गरिएको थियो ।

विद्यालयका प्राचार्य डा. देवकान्त जोशीले सिकाइका लागि प्रयोगात्मक शिक्षण प्रणालीलाई निरन्तरता दिनु जरूरी भएको बताए । एल.आर.आई.का संस्थापक यसरेखा पन्तले यस प्रकारका प्रदर्शनीले अन्तर विद्यालयका विद्यार्थीबीच ज्ञान तथा सीप आदान प्रदान भई सिर्जनशीलतामा वृद्धि हुने बताए ।  

सो प्रदर्शनीमा राजधानीका १८ विद्यालयका एक हजार सात सय विद्यार्थीले अभिरुचीपूर्वक अवलोकन गरेको संस्थाका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले जानकारी दिए ।