ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोले घुस लिएको आरोप पुष्टि भएपछि आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पौडेले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसंग घुस–रिसवत लिएको उजुरी छानविन गर्दा पुष्टि भएपछि मुद्दा दायर गरेको हो ।पौडेललाई सेवाग्राहीबाट एक लाख रुपियाँ घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो ।
पौडेलविरुद्ध एक लाख विगो कायम गरी जरिवाना तथा कैद सजाय मागसहित बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।