Bachelors Portal

सरकारका कमजोरीका कारण धेरै विद्यार्थी फेल भएका हुन्: मन्त्री भट्टराई

कक्षा १० र १२ मा धरै विद्यार्थी असफल हुनुको प्रमुख जिम्मेबार सरकार भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताएकी छिन् ।

प्रतिनिधिसभाका सदस्यले शून्य तथा विशेष समयमा सोधेको प्रश्नको जवाफ दिँदै उनले विद्यार्थीको नतिजा कमजोर हुनुको कारण सरकार नै भएको बताएकी हुन् । 

सांसद रोशन कार्कीले एसईई र कक्षा १२ को परीक्षाको नतिजामा विद्यार्थीहरू असफल हुँदा त्यसको जिम्मेवारी कसको भन्दै शिक्षा मन्त्रीलाई प्रश्न गरेका थिए । त्यसको जवाफमा मन्त्री भट्टराइले भनिन्, ‘विद्यार्थीहरू असफल हुँदा पूर्ण रूपमा जिम्मेवारी सरकारले लिनुपर्छ ।’

शैक्षिक व्यवस्थापनको जिम्मा लिएको सरकार, त्यसमा संलग्न सरकार नै भएकाले त्यसको जिम्मेवारी सरकारले लिनैपर्ने उनको भनाइ छ ।  ‘पर्याप्त शिक्षकको अभावका कारण, तल्लो तहका शिक्षकले माथिल्लो तहमा पढाउनु पर्ने, बोझिलो पाठ्यक्रम तथा  सामाजिक विकासका पक्षलाई भन्दा भौतिक पूर्वाधारलाई विकासको सूचक मान्ने हाम्रो मान्यता । यी सबै विषयहरू न्यून नतिजाका कारण हुन,’ उनले भनिन् ।

कक्षा १० र १२ मा कमजोर नतिजा आउनुमा आधारभूत शिक्षामा उपलब्धी मुलुक सिकाइ नहुनु पनि रहेको उनको भनाइ छ ।  

Thuprai - Books and E-books