Bachelors Portal

शिक्षकका अभावका कारण सिद्धबैजनाथ माध्यमिक विद्यालयको पठनपाठन प्रभावित

शुक्लाफाँटा नगरपालिका–१ बन्साहस्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयमा अध्ययनरत  रमेश पूजाराले तीन महिनादेखि आफूले विद्यालयमा पढ्न नपाएको बताए । ‘वैशाखदेखि नै देखिनै शिक्षक अभाव हुँदा पठनपाठन हुन सकेको छैन,’ उनले भने, ‘हेडसर सरुवा भएपछि शिक्षक नहुँदा विद्यालय पुग्ने र घर फर्कने कार्य मात्रै हुँदै आएको छ।’

कक्षा नौमा अध्ययनरत छात्रा विनीता भट्ट पनि आफूहरू विदालय गए पछि दिन भरी खेलेर फर्कने गरेको बताउँछिन् ।

शिक्षक  तथा प्रधानाध्यापकको अभावका कारण विद्यालयमा अध्ययनरत ७८०  जना विद्यार्थीको पठनपाठन प्रभावित भएका छ ।

गुणस्तरीय शिक्षाको नारा दिएर शिक्षक सरुवा गरेको नगरपालिकाले विद्यालयको पठनपाठन अवरुद्ध हुँदा समेत ध्यान नदिएको अभिभावकको गुनासो छ । ‘छिटोभन्दा छिटो शिक्षकको व्यवस्था गरी पठनपाठन गर्नुपर्छ,’ अभिभावक प्रकास भट्टले भने, ‘विद्यालयमा भर्ना भएका विद्यार्थीको भविष्य वर्वाद पार्ने अधिकार कसैलाई छैन।’

अनिवार्य विषयका विषयगत शिक्षक नहुँदा पठनपाठनमा समस्या उत्पन्न भएको विद्यालय व्यवस्थापन समितले जानकारी दियो । ‘गणित, अङ्ग्रेजी, विज्ञान, नेपाली, सामाजिक विषयका शिक्षक छैनन ।’  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रबहादुर ऐरीले भने, ‘शिक्षक सरुवा गरिए पनि नगरपालिकाले एक मात्रै शिक्षक पठाएका छन्, अरु शिक्षक अभाव छन्, व्यवस्था गरिएको छैन।’ ।

विद्यालयमा प्रधानाध्यापक नै नभए पछि व्यवस्थापन समितिले करारमा शिक्षक नियुक्त गर्न नसकेको उनको गुनासो छ । ‘निमित्तका भरमा काम गर्दै आएका छौँ,’ उनले भने, ‘तीन पटकसम्म सूचना निकालेर दरखास्त आह्वान गरे पनि शिक्षक बन्न कसैले आवेदन दिएका छैनन् ।’

गत असार २१ गते विद्यायमा कार्यरत प्रधानाध्यापकसहित विषयगत शिक्षक सरुवा गरिएपछि पठनपाठनसँगै प्रशासनिक कार्य पनि ठप्प रहेको उनको भनाइ छ।

समितिका अनुसार  माध्यमिक तहमा तीन जना र प्लस टुमा दुई जना शिक्षक कार्यरत छन्।

आधारभूत तहमा पनि विद्यार्थी अनुपातमा शिक्षक अभाव रहेको उनको भनाइ छ ।  विद्यालयका प्रधानाध्यापको सरुवा गरिएपछि अर्को विद्यालयबाट प्रध्यानाध्यापक ल्याइएको भए पनि उनले प्रधानाध्यापक पद अस्वीकार गरेपछि विदालय निमित्तको भरमा चली रहेको छ ।

यसअघि श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी शिक्षकको व्यवस्था गर्न माग गर्दै नगरपालिका पुगेका थिए। नगर शिक्षकका लागि सामुदायिक विद्यालयले तीनदेखि चार पटकसम्म दरखास्त आह्वान गरे पनि प्रर्याप्त निवेदन नपर्ने र निवेदक परीक्षमा उत्तीर्ण नहुँदा शिक्षकको समयमै व्यवस्था नगरपालिकाले गर्न सकेको छैन।

नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले सिद्धबैजनाथ माध्यमिक विद्यालयमा शिक्षकको अभाव पूर्ति गर्नका लागि दरखास्त दिएका परीक्षार्थीको परीक्षा भदौ २० गते हुने भएको बताए। ‘शिक्षकको व्यवस्था छिट्टै हुन्छ,’ उनले भने, ‘राष्ट्रिय माध्यमिक विद्यालयबाट सरुवा भएर आएका शिक्षक वीरेन्द्र सिंह साउदलाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय विद्यालय व्यवस्थापन समितिले गरी सकेको छ।’

Thuprai - Books and E-books