सामुदायिक विद्यालयका छात्राका लागि महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड खरिद गर्ने अत्तोपत्तो नभए पनि सरकारले प्याड वितरणको औपचारिक थालनी गरेको समाचार गोरखापत्र दैनिकले छापेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिकाले गत वर्षदेखि मातहतका विद्यालयमा छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्दै आएको छ । त्यसमध्येकै जगेडा सेनेटरी प्याड सोमबार वितरण गरेर यस कार्यको औपचारिक थालनी भएको घोषणा गरियो ।
सिद्धिपुरको सिद्धिमङ्गल माध्यमिक विद्यालय परिसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई, नगर प्रमुख श्रेष्ठले सो विद्यालयका प्रधानाध्यापक मीनबहादुर अछामीलाई प्याड हस्तान्तरण गर्नुभयो ।
त्यस्तै सोही समाचारलाई कान्तिपुर दैनिकले छात्रालाई मासिक १६ सेनेटरी प्याड शीर्षक दिएर छापेको छ ।