After SEE Portal

७७ जिल्लामा दरबन्दी मिलान गर्न केन्द्रको इकाइलाई निर्देशन (मिलान गरिने दरबन्दीसहित)

Bridge Course

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानका लागि ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई दबरन्दी सहित पत्राचार गरेको छ ।

शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्याविधि, २०७६ अनुसार सबै इकाइलाई दरबन्दी मिलान गर्न केन्द्रले पत्राचार गरेको हो । केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका अनुसार साबिकका प्राथमिक, निमावि, मावि र उच्च माविलाई आधार मानेर दरबन्दी मिलान गर्न लागिएको हो ।

केन्द्रले देशैभरका १२ हजार ८२७ शिक्षकको दरबन्दी पुनर्वितरण गर्ने भएको हो । केन्द्रको तथ्याङ्कअनुसार तेह्रथुम, तलितपुर,भक्तपुर, काठमाडौं, डोल्पा, जाजरकोटलगायत १५ जिल्लामा मा १ हजार ४९३ शिक्षक बढी छन् । केन्द्रले तराई ५०, पहाडमा ४५ र हिमालमा ४० जनालाई एक शिक्षकको अनुपातमा दरबन्दी मिलान गर्ने भएको छ ।

केन्द्रले प्रदेशभित्रकै एकपालिकाबाट अर्को पालिकामा दरबन्दी मिलान गर्दा सम्बन्धित स्थानीय तहले सोही जिल्लाको शिक्षा इकाइको समन्वयमा कार्य सम्पादन गर्न प्रत्राचार गरेको हो ।

प्रदेश नं. १ को दरबन्दी विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्ः

प्रदेश नं. २ को दरबन्दी विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्ः

प्रदेश नं.  ३ को दरबन्दी विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्ः

प्रदेश नं. ४ को दरबन्दी विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्ः

प्रदेश नं. ५ को दरबन्दी विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्ः

प्रदेश नं.  ६  को दरबन्दी विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्ः

प्रदेश नं. ७  को दरबन्दी विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books