Bachelors Portal

सामुदायिक विद्यालयमा विद्यार्थी बढे पनि व्यवस्थापन मै चुनौती

जलेश्वर आसपासका सामुदायिक विद्यालयमा माध्यम भाषा परिवर्तन गरिएपछि विद्यार्थी आकर्षण बढेको छ । सामुदायिक विद्यालयमा माध्यम भाषा परिवर्तन गरिएका विद्यालयमा विद्यार्थीको संख्या बढेर गएको हो ।

राससका अनुसार गौशाला नगरपालिका–१० मरहाखोला पारीको दुर्गम बस्तीमा अवस्थित जनता माध्यमिक विद्यालय भरतपुरखोरमा अघिल्लो शैक्षिक सत्रदेसखि बालविकासदेखि कक्षादेखि १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि सो विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि भएको प्रधानाध्यापक विपिनकुमार जोशीले बताए ।

प्रधानाध्यापक जोशीका अनुसार विगतमा कक्षा सञ्चालन भइरहेको समयमा कक्षा छाडेर भाग्ने तथा कतिपय विद्यार्थीले त कुलतमा फसेर विद्यालय परिसरमै अवाञ्छित क्रियाकलाप गर्न समेत पछि नपनेए तर अहिले स्थानीय स्तरमा नमुनाका रुपमा विद्यालय विकास हुँदै गएको छ ।

चालु शैक्षिक सत्रमा उक्त विद्यालयमा एक हजार १६९ विद्यार्थी अध्ययनरत छन् । भर्नाका समयमा विद्यालयमा पढ्न भनेर आएका विद्यार्थीलाई पूर्वाधार तथा जनशक्ति अभावकका कारण भर्ना लिन नसकिएका प्रधानाध्यपाक जोशीले बताए ।

पठनपाठनमा सुधार, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले विद्यालय सञ्चालन तथा व्यवस्थापनमा केही चासो राख्ने बितिकै एक शैक्षिक सत्रमा ने विद्यार्थी तथा अभिभावकको विश्वास जितेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगनारायण महतोले बताए ।

१७ जना शिक्षक दरबन्दी भएको विद्यालयमा विद्यार्थी चाप बढेसंगै निजी स्रोतबाट अहिले थप नौ जना शिक्षक व्यवस्थापन गरिएको विद्यालय व्यवस्थापन समितिले जानकारी दियो ।

विद्यालयमा अहिले दुई सत्रमा सञ्चालन गर्न सु गरिएको छ । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यालयमा पठनपाठन हुन थालेको छ ।

Thuprai - Books and E-books