व्यवस्थापन सङ्कायतर्फका विभिन्न  कार्यक्रमको पाठ्यक्रम परिवर्तन

पोखरा विश्वविद्यालयले व्यवस्थापन सङ्कायतर्फका विभिन्न  कार्यक्रमको पाठ्यक्रम परिवर्तन गरेको छ ।

विश्वविद्यालयले स्नातक तहको बिबिए, बिबिए (फाइनान्स), बिबिए (टिटी) तथा स्नातकोत्तर तहको  एमबिए, एमबिए (फाइनान्स) र एमबिए (ग्लोबल बिजनेस)  कार्यक्रमको पाठ्यक्रम परिमार्जन गरेको हो ।

सन् २०१० देखि कार्यान्वयन भएको पाठ्यक्रम समयानुकूल १४ वर्षपछि परिवर्तन गरेका विषय समितिका अध्यक्ष प्राडा महानन्द चालिसेले बताए ।

उनका अनुसार स्वरोजगार विद्यार्थी उत्पादन गर्ने लक्ष्यसहित पाठ्यक्रम परिवर्तन गरिएको छ । इन्टर्नसिपमा काम गर्न जाँदा स्वदेशी तथा विदेशी औद्योगिक प्रतिष्ठानमा गए पनि हुने र त्यसरी जाँदा क्याम्पसमा हाजिरी गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छैन । ‘नयाँ पाठ्यक्रमले विद्यार्थीलाई कक्षामा पढेको विषय कार्यक्षेत्रमा गएर अभ्यस्त हुन सक्ने बनाउछ ।’ उनले भने, ‘अनिवार्य रूपमा काम गर्नुपर्ने विषयलाई अनिवार्य बनाएको छ भने इन्टर्नशीपमा जाँदा अनिवार्य हाजिरी गर्नुपर्ने व्यवस्था हटाइएको छ ।’