करार शिक्षक छनोट परीक्षा स्थगित, विश्वविद्यालयका कागजपत्र अख्तियारमा

मध्यपश्चिम विश्वविद्यालयले आफ्नो विभिन्न स्कुल र विभागमा गर्ने भनिएको करार शिक्षक छनोट प्रक्रिया हाललाई स्थगित गरेको छ ।

ग्य्राजुएट ग्याजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साईन्स, ग्य्राजुएट स्कुल अफ एजुकेसन,ग्य्राजुएट स्कुल अफ लमा गर्ने भनिएको करार शिक्षक छनोट परीक्षा हाललाई स्थगित गरेको हो ।

आगामी भदौ ५ गते सञ्चालन गर्ने भनिएको शिक्षक छनोट परीक्षा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारको निर्देशन पछि स्थगित गरिएको विश्वविदालयले जानकारी दियो ।

विश्वविद्यालयका अनुसार  २०७८ जेठ ३ गते पछि भएका सबै तहको विज्ञापन छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि थप निर्देशन नआउन्जेलका लागि स्थगित गरेको हो । शिक्ष्क कर्मचारी छनोट समितिको साउन २६ गतेको निर्णय अनुसार म हाललाई करार शिक्षक छनोट सम्वन्धी कामहरु स्थगित गरिएको  छ ।

यसैविच, विश्वविद्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरु नियन्त्रणमा लिएको हो । विभिन्न विषयसँग सम्बन्धित उजुरीहरु कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो ।

विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ । विश्वविद्यालयका विषयमा कार्यालयमा उजुरी परेकाले अनुसन्धानका लागि कागजपत्रहरु नियन्त्रणमा लिइएको सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात टोलीले नियन्त्रणमा लिएको उनको  दाबी छ । भनाइ थियो । 

Thuprai - Books and E-books