निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बधाइ तथा शुभकामना प्रदान गरेको छ ।
शिक्षा मन्त्रीको कार्यकक्षमा नै भेटर प्याब्सनले मन्त्री श्रेष्ठलाई बधाइ तथा शुभकामना प्रदान गरेको हो ।
प्याब्सनले मन्त्रीलाई कार्यकक्षमा भेटेर शुभकामना तथा आगामी चैत २ र ३ गते धुलीखेलमा हुने १५ औं राष्ट्रिय परिषद्मा निमन्त्रणा गरेको महासचिव आरबी कटुवालले जानकारी दिए ।
सो भेटमा मन्त्री श्रेष्ठले तत्काल काममा व्यस्त हुने हुँदा बाहिर नजाने बताएको उनले जानकारी दिए ।
महासचिव कटुवालले सो भेट नितान्त शुभकामना आदानप्रदान गर्ने मात्र रहेको जानकारी दिए ।