CMAT

बीडीएस्सीको कक्षा सञ्चालन हुने

काठमाडौं विश्वविद्यालय  स्कुल अफ साइन्सले स्नातक तहमा डेटा साइन्स (बीडीएस्सी) अध्यापन गराउने भएको छ । आगामी शैक्षिक सत्रदेखि चार वर्षे बीडीएस्सीको कक्षा सञ्चालन गर्ने भएको हो ।

एक शैक्षिक सत्रका लागि ३० जनाको सिट निर्धारण गरिएको छ ।

विश्वविद्यालयले प्रवेश परीक्षाको प्राप्ताङ्कका आधारमा तीन जनालाई छात्रवृत्ति प्रदान गर्ने बताएको छ । प्रत्येक सेमेस्टरमा मेरिटका आधारमा एक जनाले छात्रवृत्ति प्रदान गर्ने विश्वविदँलयले नीति लिएको छ ।

१२० क्रेडिट आवरको  यो कक्षामा कम्प्युटर साइन्स, तथ्यांकशास्त्र, गणित र बिजनेश इन्टेलिजेन्ससहितको एकीकृत कोर्स तयारी गरिएको स्कुल अफ साइन्सले जनाएको छ । सुरुका दुई वर्ष कोडिङ, ग्राफिक्स, सिस्टम, नेटवर्क र डेटाबेसका लागि कोर्स तयार गरेको छ ।

बीडीएस्सीमा भर्ना लिनका लागि कक्षा १२ वा  सो सरहको परीक्षामा कम्तीमा २।० सीजीपीए वा ५० प्रतिशत प्राप्ताङ्क ल्याएको हुनुपर्ने छ ।

सूचना प्रविधि क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विश्वविद्यालयले बीडीएस्सी कक्षा सञ्चालन गर्ने भएको जनाएको छ ।  यो कोर्स पुरा गरेका जनशक्तिले डेटा इन्जिनियर, डेटा आर्किटेक्ट, डेटा एनालिस्ट, डेटा साइन्टिस्ट, मेसिन लर्निङ, सफ्टवेयर डेभलपमेन्ट लगायतका कामका लागि अब्बल हुने विश्वविदालयले लक्ष्य लिएको छ ।

Thuprai - Books and E-books