Bachelors Portal

महानगरपालिकाले ४ गतेदेखि  ‘फेस्टिभल क्याम्प’  सञ्चालन गर्ने

Managed Admission 2022

काठमाडौं महानगरपालिकाले कक्षा १० का विद्यार्थीलाई लक्षित गर्दै कार्तिक ४ गतेदेखि  ‘फेस्टिभल क्याम्प’  सञ्चालन गर्ने भएको छ । कक्षा १० का विद्यार्थीहरुलाई अध्ययनप्रति रुचि जगाउने उद्देश्यले सो क्याम्प सञ्चालन गर्न लागिएको हो ।

नतिजा सुधारका लागि  दशैँ तिहारका बिचको समयमा १६ ओटा विद्यालयमा क्याम्प सञ्चालन गर्ने भएको छ । महानगरले  ११ वटा स्रोत केन्द्र र एसईई परीक्षामा १५० भन्दा बढी विद्यार्थी भएका ५ ठूला विद्यालयमा क्याम्प सञ्चालन गर्न लगेको जानकारी दियो ।

क्याम्पमा २ हजार २७७ जना विद्यार्थी सहभागी हुने महानगरका सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले जानकारी दिए । उनका अनुसार एउटा केन्द्रमा १५० जना विद्यार्थी सहभागी हुनुपर्नेछ । एउटा कक्षामा २५–३५ जना विद्यार्थी हुनुपर्ने छ । उक्त क्याम्पका लागि महानगरले  सहभागी हुन अनिवार्य  भने गरेको छैन ।

गणित, विज्ञान र सामाजिक विषयमा सहयोग गर्ने गरी परियोजनामा आधारित कक्षा  सञ्चालन गर्ने महानगर शिक्षा विभागले जानकारी दियो ।  विभागका अनुसार क्याम्पमा सहभागी हुने विद्यार्थीले स्टिम शिक्षाशास्त्रको सिद्धान्त, इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, सांस्कृतिक कार्यक्रम, क्याम्प फायर र स्टारगाजिङमा सहभागी हुन पाउनेछन् ।

महानगरले गत वर्ष एसईईको ग्रेड सुधार गर्न  अतिरिक्त समयमा उपचारात्मक कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई आर्थिक अनुदान प्रदान गरेको  थियो ।  उक्त कक्षा पछि २०८० सालको एसईई परीक्षामा ७८ प्रतिशत विद्यार्थीहरूले  २.८– ३.२ जीपीए ल्याएको उनले जानकारी दिए । उनका अनुसार यो समूहको जीपीए ल्याउनेको संख्या गत वर्षभन्दा बढी रहेको छ । गत वर्षको यो सफल अभ्यासलाई निरन्तरता दिँदै महानगरपालिकाले गौरव योजना ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत विद्यार्थीको नतिजा सुधार गर्न दशैँ र तिहारको बिच र जाडो बिदामा एसईई सहायता हुने गरी क्याम्प सञ्चालन गर्न लागेको हो ।

Select college / campus