After SEE Portal

कक्षा १ देखि १० सम्म विभिन्न टेलिभिजनबाट पठनपाठन गराइने

Bridge Course

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी विभिन्न टेलिभिजनबाट शिक्षण गराउने भएको छ ।

मन्त्रालयले भोलिदेखि असार ३१ गते सम्म टेलिभिजनबाट पढाउने भएको हो । कोभिड -१९ का कारण देश भरका सबै विद्यालयको पठन पाठन प्रभावित भएपछि मन्त्रालयले वैकल्पिक शिक्षण सिकाइ मार्फत विद्यार्थीको पठनसिपको विकास गर्न उद्देश्यले टेलिभिजनबाट शिक्षण गर्ने भएको छ ।

शिक्षा मन्त्रालयको सहकार्यमा नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट बिहान ९.०० देखि साँझ ५.४० बजेसम्म विभिन्न अनिवार्य विषयमा क्रमशः कक्षा १ देखि १० सम्मका विषयका शिक्षकले भिडियो माध्यमबाट पढाउने भएका छन् ।

कक्षा १ देखि ८ सम्मका  पाठहरू नेपाल टेलिभिजनको एनटिभी प्ल्सबाट प्रशारण हुने भएका छन् भने कक्षा ९ र १० का विषयगत पाठहरू डिसमिडिया नेटवर्क लिमिटेड, डिसहोम, एनआइटिभी स्ट्रिम प्रालि, नेट टिभी, मेगा म्याक्स टिभीबाट कक्षा सञ्चालन गर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधव दाहालले जानकारी दिए ।

A Levels MA