Bachelors Portal

लोक सेवा आयोगको मूल्याङ्कन पद्धति परिवर्तन (पाठ्यक्रम सहित)

Managed Admission 2022

लोक सेवा आयोगले शाखा अधिकृत, नायब सुब्बा र खरिदार तह छनोट परीक्षाको मूल्याङ्कन पद्धति परिवर्तन गर्ने भएको छ ।

आयोगले चालु आर्थिक वर्ष २०८१–८२ देखि थप कडाइ गर्ने भएको हो ।

आयोगले तीनै तहको प्रथम पत्रको उत्तीर्ण  परिवर्तन गरेर ४० बाट ४५ अङ्क निर्धारण गर्ने भएको छ ।  आयोगको अबको प्रथम पत्रको परीक्षामा प्रथम पत्रमा उत्तीर्ण हुन ४५ अङ्क ल्याउनुपर्ने व्यवस्था आयोगले गरेको आयोगका प्रवक्ता गीताकुमारी हुमागाईंले जानकारी दिइन् ।

यसअघिसम्म शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथम पत्रमा एक सय पूर्णाङ्कको वस्तुगत  परीक्षाको उत्तीर्णाङ ४० हुने गरेको थियो । सो परीक्षाको प्राप्ताङ्क द्वितीय चरणको परीक्षामा जोड्ने गरिएको थियो ।

त्यसैगरी आयोगले प्रथम पत्र र द्वितीय पत्रको परीक्षाका विषय फरक फरक भएकाले प्रथम पत्रमा परीक्षार्थीले पाएको अङ्क मूल परीक्षाको अङ्कमा जोड्नु सान्दर्भिक नहुने भएकाले आयोगले  अबको परक्षिामा प्रथम पत्रको प्राप्ताङ्क द्वितीय पत्रमा नजोडिने उनले जानकारी दिइन् ।  यसअघि पहिलो पत्रमा प्राप्त भएको कुल प्राप्ताङ्कको ५० प्रतिशत अङ्क द्वितीय पत्रको प्राप्ताङ्कमा जोडिने व्यवस्था ायोगले चालु आवदेखि नै खारेज गरेको छ ।

आयोगले शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथम पत्रमा एक सय पूर्णाङ्कको वस्तुगत प्रश्नका आधारमा लिइने प्रारम्भिक चरणको परीक्षामा ४५ अङ्क ल्याए मात्र द्वितीय पत्रको परीक्षामा सहभागी हुन पाइने व्यवस्था गरेको  हो ।

खरिदार वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

नायव सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

शाखा अधिकृत वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

Select college / campus