CMAT

केन्द्रले शैक्षिक प्रमाणपत्रको मान्यता तथा समकक्षता अनलाइनबाटै प्रदान गर्ने

पाठ्यक्रम विकास केन्द्रले शैक्षिक प्रमाणपत्रको मान्यता तथा समकक्षता अनलाइनबाटै प्रदान गरेको छ । केन्द्रले आज एक कार्यक्रमका विच रातो बंगाला स्कुलबाट  ए लेभल पुरा गरेका अभीक प्रधानलाई पहिलो प्रमाणपत्र प्रदान गर्दै समकक्षता अनलाइनबाट सुरु गरेको केन्द्रले घोषणा गरेको हो ।

विद्युतीय प्रणालीको प्रयोग गरी विदेश वा स्वदेश अध्ययन गरेका विद्यार्थीहरूले कक्षा १० र १२ को शैक्षिक प्रमाणपत्रको समकक्षता र उपाधिको मान्यता अनलाइनबाटै आवेदन दिएर लिन सक्नेगरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको छ ।

 केन्द्रले शिक्षा सचिव डा दीपक काफ्लेबाट उद्घाटन गरी शैक्षिक प्रमाणपत्र वा उपाधिको मान्यता तथा समकक्षता अनलाइनबाटै लिन सक्ने व्यवस्थाको थालनी गरिएको छ ।

सचिव डा दीपक काफ्लेले अनलाइनबाटै दिने प्रक्रियाको सुरुवात गरिएको बताउँदै सेवा ग्राहीलाई नयाँ पन दिने र कार्यसम्पादनलाई अझै व्यवस्थित गरिदै लगिने बताए । उनले अबदेखि सेवाग्राही पाठ्यक्रम विकास केन्द्रमा समकक्षता प्रमाणपत्र लिन आइरहन नपर्ने र सहज रूपमा छिटो भन्दा छिटो मान्यता तथा समकक्षताको प्रमाण पत्र उपलब्ध हुने जानकारी दिए ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठले शैक्षिक प्रमाणपत्र वा उपाधिको मान्यता तथा समकक्षता अनलाइनबाटै घरमै बसेर फाराम भर्न सकिने बताए ।

त्यसैगरी केन्द्रका निर्देशक बासुदेव अवस्थीले मान्यता र समकक्षताका लागि एपिआई कनेक्सन मार्फत विद्यार्थीको सक्कली प्रमाण पत्र भेरिफाई गरेर मात्रै अनलाइन मार्फत प्रमाणपत्र उपलब्ध गराइने बताए । तर, एपिआईमा नरहेका संस्थाहरूको हकमा भने विद्यार्थीको डकुमेन्ट बारे बुझ्न इमेल मार्फत सोधिने साथै विद्यार्थी केन्द्रमा नै धाउनु पर्ने प्रस्ट पारे । अवस्थीले अनलाईन प्रणालीलाई व्यवस्थित गर्न विस्तारै सबैसँग एपिआई कनेक्सन गर्ने योजना रहेको बताए ।

Thuprai - Books and E-books