After SEE Portal

केन्द्रद्वारा ओसन पब्लिकेसन प्रालिको स्वीकृति रद्द

Bridge Course

पाठ्यक्रम विकास केन्द्रले ओसन पब्लिकेसन प्रालिको पाठ्यपुस्तकको स्वीकृति रद्द गरेको छ। केन्द्रको चनं. १८०६ को २०७८ चैत्र १४ को कक्षा ७ को  ‘साइन्स एण्ड टेक्नोलोजी’ को पाठ्यसामग्री स्वीकृति यस केन्द्रको २०७९ वैशाख २२ को निर्णयानुसार रद्द गरिएको हो ।

ओसन पब्लिकेसन प्रालिले प्रकाशन गरेको पाठ्यसामग्रीको मूल्य शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्धारण गरेबमोजिम नराखेको हुँदा केन्द्रले स्वीकृति रद्द गरेको हो ।

पब्लिकेसनसंग लिखित जवाफ माग गरिएकोमा सबै पुस्तक मापदण्डअनुसार रहेको र कारणवस कक्षा ७ को  साइन्स र टेक्नोलोजीमा ५३ रुपियाँ मूल्य बढी भएको हुँदा स्वीकृति रद्द गरेको हो ।

केन्द्रले जारी गरेको निर्देशनलगायत अन्य प्रावधानहरूको पूर्ण परिपालन नगरेमा स्वीकृति जुनसुकै बेला रद्द हुने  व्यवस्था रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयानुसार मूल्य कायम गर्नु पर्ने भए पनि सो पब्लिकेसनबाट प्रकाशन भएको कक्षा ७ को साइन्से एण्ड टेक्नोलोजीमा मूल्य बढी राखेको सम्बन्धमा स्वीकृती रद्द किन नगर्ने नगर्नुपर्ने कारण भए स्पष्टीकरण पेश गर्न पत्राचार गरिएकोमा त्यस पब्लिकेसनले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो  नभएकाले सो पब्लिकेसनको स्वीकृति रद्द गरिएको  केन्द्रले जानकारी दियो ।

उक्त पब्लिकेसनको पाठ्यसामग्री विक्रिवितरण नगर्न नगराउन हुन तथा यदि बिक्रिवितरण गरेको पाइएमा कानुन अनुसार कारवाही हुने व्यहोरा  केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालले आफ्नो मातहतका विद्यालयमा आसन पब्लिकेसनको  नयाँ पाठ्यपुस्तक कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो ।

ओसन पब्लिकेसनको साइन्स बुक कक्षा ४ देखि १० सम्म र कक्षा १, २ र ३ मा हाम्रो सेरोफोरो लगाउने निर्णय भएकोले सोही अनुसार आ–आफ्नो मातहतका प्रदेश, जिल्ला, पालिका कार्यसमिति एवम् सदस्य विद्यालयहरुमा प्रयोग गर्न गराउने निर्णय भएकोले सोही अनुसार  गर्न निर्देश्न दिएको थियो ।

A Levels MA