सशस्त्र प्रहरी उपरीक्षक शाहूको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली

सशस्त्र प्रहरी बल, नेपाल नं. ४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बिर सिंह शाहू उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र  भएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरुमध्ये उच्च पदस्थ कर्मचारीहरुले सेवा प्रवेश र बढुवाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएको हो ।

शाहुले प्रहरी निरीक्षक पदमा बढुवा नियुक्तिको लागि पेश गरेको स्नातक तहकाको शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धमा अनुसन्धान हुँदा शाहूले २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा. राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको वी।ए। तह उत्तीर्ण गरेको भनिएको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएको हो ।

 भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि  भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शाहूलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय मागदाबी सहित आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

 

Degrees offered in nepal
Counseling
Bachelors Portal