पोखरा विश्वविद्यालयको  उपकुलपति छनोटका लागि आवेदन माग

गत असोज १४ गतेदेखि रिक्त पोखरा विश्वविद्यालयको  उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको छ ।

पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट मिति २०८१ र ७ र २४ मा स्वीकृत पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि , २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो ।

 इच्छुक तथा योग्य व्यक्तिले उल्लिखित कार्यविधिको अनुसूची–१ मा उल्लेख गरिएको ढाँचामा दस दिनभित्र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेश गर्न आह्वान गरिएको छ।

Degrees offered in nepal
Counseling
Bachelors Portal