त्रिविद्वारा क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिभुवन विश्वविद्यालयले विभिन्न क्याम्पसको क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय क्याम्पस प्रमुख छनौट समितिले एक सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर चितवन, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगंज, बाके, सानोठिमी क्याम्पस, सानोठिमी भक्तपुर,ललितकला क्याम्पस, भोटाहिटी, काठमाडौं, भैरहवा बहुमुखी क्याम्पस, भैरहवा, धवलागिरी बहुमुखी क्याम्पस, बाग्लुङ, महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौं र भोजपुर बहुमुखी क्याम्पस, भोजपुर प्रमुखका लागि आवेदन माग गरेको छ ।

त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० (२०८०–३–१२ सम्मको संशोधन सहित )  को परिच्छेद ५२ को नियम १८५(२) साथै त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१ को परिच्छेद १९ बमोजिम त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा रिक्त र निकट भविष्यमा रिक्त हुने क्याम्पस प्रमुख पदका लागि  आवेदन माग गरेको हो ।

योग्य उम्मेदबारले सात दिनभित्र विनियम ३९ ९२० मा व्यवस्था भए ्र बमोजिम आवश्यक कागजात साथै आशयपत्र  पेश गर्न सुचित गरेको छ ।  ।

विस्तृत विवरणका लागि त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१  हेर्न सूचनामा उल्लेख गरेको  छ ।