त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका सदस्यको उम्मेदवार छनोट गर्न तयार गरिएको कार्यविधि सार्वजनिक नहुँदै संशोधन भएर सार्वजनिक भएको छ । चैत्र १६ गते जारी भएको कार्यविधि १७ गते पहिलो संशोधन गर्दै आज सार्वजनिक भएको छ ।
संशोधित कार्यविधिले सेवा आयोगको सदस्य हुन ६५ वर्ष ननाघेको प्राध्यापक हुनु पर्ने व्यवस्था गरेको छ । त्यसैगरी त्यसेगरी कार्यविधिले सेवा आयोगको सदस्य हुन विश्वविद्यालयसंग कुनै स्वार्थ नबाझिएको हुनुपर्ने प्रावधान तय गरेको छ ।
सेवा आयोगको दरखास्त मागस.गे जारी गरिएको कार्यविधिमा विद्यावारिधि उपाधि हासिल गरी प्राध्यापकको कार्यअनुभव भएको व्यक्ति उम्मेदवार बन्न पाउने भएको छ ।
छनोट समिति तथा सिफारिस समितिले सदस्य हुनको लागि विद्यावारिधि उपाधि प्राप्त गरेको, कम्तीमा १० वर्ष शिक्षण गरेको, लगायतका मापदण्ड बनाइएको छ । त्यस्तै कम्तीमा दुई वर्ष उच्च शैक्षिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेको, बौद्धिक चोरीमा स.लग्नता नदेखिएको हुनु पर्ने मापदण्ड तय गरेको छ ।
कुल सय पूर्णाङ्कमा कायम गरिएको अङ्क विभाजनमा १० अङ्क शिक्षण अनुभवलाई, व्यवस्थापकीय कार्यका लागि १०, अनुसन्धानका लागि ३० अङ्क प्रदान गर्ने भएको छ । त्यसेगरी अन्तर्राष्ट्रिय गोष्ठीमा अनुसन्धानमा आधारित कार्यपत्र प्रस्तुति वापत ५, विश्वविद्यालय सेवा आयोग सम्बन्धी सोच पत्र र प्स्तुतीकरणलाई २५ अङ्क प्रदान गर्नेगरी अङ्क विभाजन गरेको छ ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोग सदस्य सिफारिससम्बन्धी कार्यविधि, २०८०
त्रिभुवन विश्वविद्यालय सेवा आयोग सदस्य सिफारिससम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८०