काठमाडौं महानगरपालिकाले शिक्षक वा विद्यालय कर्मचारी राजनीतिक दलको सदस्य भएमा स्वतः पदबाट बर्खास्त गर्नेगरी शिक्षा ऐन संशोधन गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) बमोजिम काठमाडौँ महानगरपालिकाको नगरसभाले ऐन संशोधन गरेको हो ।
काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको शिक्षा ऐन, २०८० महानगरले सार्वजनिक गरेको छ ।
मूल ऐनको दफा ४१ मा संशोधन गर्दै ‘दफा ४१ को (मूल ऐनको दफा ४१ मा संशोधन ः मूल ऐनको दफा ४१ को खण्ड (च) पछि देहायबमोजिमको खण्ड (छ), (ज) र (झ) थपिएको छः– (१) “(छ) आवासीय अनुमतिपत्र लिएमा वा लिनका लागि प्रक्रिया शुरु गरेमा,” (२) “(ज) शिक्षक वा कर्मचारी राजनैतिक दलको सदस्य भएमा,” (३) “(झ) सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीले कार्यालय समयमा अन्यत्र अध्यापन वा कामकाज गरेमा वा अन्यत्र कुनै व्यावसायिक क्रियाकलाप गरेमा ।” पद जाने व्यवस्था थप गरेको छ ।
त्यसैगरी कक्षा ११ र १२ मात्रै सञ्चालन गर्दै आएका शिक्षण संस्थाले दुई बर्ष भित्रमा कक्षा एक देखि १० सम्म सञ्चालन गर्नु पर्ने व्यवस्था परिर्वतन गरेको ।