Bachelors Portal

केयु प्राज्ञ परिषदद्वारा मेडिकल कलेजलाई सिट प्रदान

Managed Admission 2022

काठमाडौं विश्वविद्यालय (केयु)  प्राज्ञ परिषद्को १४३औँ बैठकले विश्वविद्यालय सम्बद्ध मेडिकल कलेजलाई सिट प्रदान गरेको छ ।

परिषद्ले ब्याचलर इन हेल्थ इन्फर्मेटिक्स कार्यक्रममा स्नातक डिग्री प्रस्ताव गर्न स्वीकृति दिएको हो ।

सन २०२४ को शैक्षिक सत्रका लागि काठमाडौं मेडिकल कलेज, भक्तपुरलाई ३० सिट, कलेज अफ मेडिकल साइन्सेस नेपाल, भरतपुरलाई ३० सिट र पोखरा मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरालाई ३० सिट छुट्याइएको छ ।

ब्याचलर इन हेल्थ इन्फर्मेटिक्स कार्यक्रमका लागि छुट्याइएको सिट धुलिखेलस्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा छुट्याइएको सिटबराबर रहेको विश्वविद्यालयले जानकारी दियो ।

विश्वविद्यालय तथा कलेजहरूले यी कार्यक्रममा अध्ययन गर्न चाहनेका लागि भर्ना आह्वान गर्ने तयारी गरिरहेको जनाएको छ । 

Select college / campus