CMAT

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा तेस्रो कार्यकालका लागि आचार्य

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा डा. तिलकराम आचार्य तेस्रो कार्यकालका लागि नियुक्त भएका छन् ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्यलाई तेस्रो कार्यकालका लागि रजिस्ट्रारमा नियुक्त गरेका हुन् ।

पहिलो नम्बरमा सिफारिस भएका आचार्यलाई उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपति समक्ष सिफारिस गरेका थिए ।

रजिष्ट्रार छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश पौडेलको अध्यक्षतामा तीन सदस्यीय समिति बनेको थियो ।

जसमा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा उपेन्द्र कोइराला र प्राडा पुष्कर बज्राचार्य थिए । समितिले खुला रूपमा आवेदन आह्वान गरेको थियो । रजिस्ट्रारका लागि ९ जनाले आवेदन दिएका थिए ।

सोही आधारमा कुलपति प्रचण्डले शुक्रबार आचार्यलाई रजिस्ट्रारमा नियुक्त गरेका हुन् । यसअघि उनी दुई कार्यकाल लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार बनिसकेका थिए ।

Thuprai - Books and E-books