माई सेकेन्ड टिचरले नेपालमा राष्ट्रिय परीक्षा बोर्डको लागि पाठय्क्रम सहयोग गर्न उत्कृष्ट डिजिटल अध्ययन सामग्री उपलब्ध गराउन सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए)सँग साझेदारी गरेको घोषणा गरेको छ । एसपीए कलेजलाई नेपालको पहिलो सुदूरपश्चिम माई सेकेन्ड टिचर नेपाल स्मार्ट स्कुलको रूपमा तोक्दै सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
माई सेकेन्ड टिचर ग्लोबल एडटेक प्लेटफर्मका रुपमा रहेको छ र यसमा क्याम्ब्रिज विद्यालयसहित विश्वका नौ हजार विद्यालयमा उपयोग भइरहेको छ । माई सेकेन्ड टिचरले पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रमका तीन सयभन्दा बढी भिडियोमा पङिक्तबद्ध गरेको छ ।
एसपीए कलेजका प्रधानाध्यापक सुवास शाहीले सिकाइ अनुभव अभिवृद्धि गर्न माई सेकेन्ड टिचरसँग साझेदारी गर्न पाउँदा उत्साहित भएको बताउँदै यसबाट विद्यार्थीले लाभ लिने विश्वास व्यक्त गरे ।
आइएनजी ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले विद्यार्थीलाई पूर्ण क्षमतामा पुग्न र शैक्षिक रूपमा फस्टाउन आवश्यक शैक्षिक समग्री तथा उपकरण प्रदान गरिने बताए ।