Bachelors Portal

शिक्षक सरुवा सम्बन्धी निर्देशिकामा केही विषय थप

Managed Admission 2022

शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ मा उल्लेख भन्दा केही विषय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले थप गरेको छ ।

केन्द्रको  आजको निर्णयानुसार शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ को दफा ७ को उपदफा १ बमोजिम रिक्त पद विद्यालयले  यकिन गरी सोही अनुसारको प्रक्रिया अगाडी बढाउने व्यवस्था गरेको हो ।

निर्देशिकामा EMIS  मा प्रविष्ट भएका  स्थानीय तहले दफा ८ बमोजिम रिक्त पद यकिन गरी EMIS  अद्यावधिक भएपश्चात उक्त पद विद्यालयले सरुवाद्वारा वा शिक्षा नियमावली, २०५९ को नियम ९७ बमोजिम करार शिक्षक पद पूर्ति गर्ने व्यवस्था गर्ने विषय थप गरेको छ ।

सरुवाबाट रिक्त पदपूर्ति गर्नको लागि सरुवासम्बन्धी सूचना जारी गर्नु पूर्व उक्त निर्देशिकाको दफा २१ मा उल्लिखित खुद पुल दरबन्दी, शिक्षक सेवा आयोगमा रिक्त पद पठाएको विवरण, निम्न माध्यमिक तथा माध्यमिक तहको हकमा विषयगत कुरा लगायतका विषयलाई समेत ध्यान दिई शिक्षा विकास तथा समन्वय एकाइको अभिलेखसँग भिडाई सूचना जारी गर्नेपर्ने व्यवस्थामा कुनै अस्पष्टता भए सम्बन्धित विद्यालयका प्रधानाध्यपमक सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने प्रमुख र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख समेतबाट समन्वय गर्ने व्यवस्था गरेको छ ।

शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ को दफा १० को उपदफा ९३०, दफा ११ को उपदफा ९२० को प्रयोजनको लागि केन्द्रमा विवरण पठाउँदा tt@cehrd.gov.np मा पठाउनु पर्ने,  शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ जारी हुनुभन्दा अघि सरुवा भई आउने विद्यालय र स्थानीय तहको सहमति लिई प्रक्रियामा रहेको निवेदकको हकमा केन्द्रबाट यो सूचना जारी भएको मितिले पन्ध्र दिनभित्र सरुवा भई आउने इकाइमा निवेदन पेस गरी सक्नु पर्ने र निर्देशिकाको दफा २१ को प्रतिबन्धात्मक आधारहरुलाई समेत बिचार गरी प्रचलित ऐन, नियमावली तथा निर्देशिका बमोजिम एकाइबाट आवश्यक निर्णय गर्नुपर्ने विषय थप गरेको छ ।

पारस्परिक सरुवा सम्बन्धमा शिक्षा ऐन, शिक्षा नियमावली तथा निर्देशिकामा कुनै व्यवस्था उल्लेख नभएको हुँदा निर्देशिकाकै आधार र प्रक्रिया बमोजिम सरुवासम्बन्धी कार्य गर्नुपर्ने निर्णय गरेको छ ।

निर्देशिकाको दफा ९ को उपदफा ९१० सँग सम्बन्धित अनुसूची १ मा उल्लेख भएको व्यवस्थाको हकमा सरुवा हुन चाहेको विद्यालय एउटै स्थानीय तहको भए हाल कार्यरत विद्यालयको सहमति, एउटै जिल्ला भित्रको फरक स्थानीय तह अन्तर्गतका विद्यालय भए आफू कार्यरत विद्यालय र कार्यरत विद्यालय रहेको स्थानीय तहको सहमति र सरुवा भई जाने विद्यालय अर्को जिल्ला अन्तर्गतको विद्यालय भए हाल कार्यरत विद्यालय, विद्यालय रहेको स्थानीय तह र कार्यरत विद्यालय रहेको एकाइको सहमति समेत समावेश गरी अनुसूची १ बमोजिमको ढाँचामा निवेदन पेस गर्नुपर्ने निर्णय गरेको छ ।

Select college / campus