Bachelors Portal

अनियमितता गरेको आरोपमा प्रधानाध्यापक सहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

Managed Admission 2022

सप्तरीको शंकर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक सहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरमझिया, सप्तरीका प्रधानाध्यापक दिलिपकुमार गुप्ता, शिक्षक हृदयराम चौधरी र विद्यालयका कर्मचारी श्रवणकुमार चौधरीबिरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वारा जारी विज्ञप्ति अनुसार  प्रधानाध्यापक  गुप्ताविरुद्ध  ६ लाख ४९ हजार ९१६ रुपिँया बिगो कायम गरी  जरिवाना र हिनामिना भएको बिगो बमोजिमको रकम निजबाट असुलउपर गर्नुपर्ने मागदाबी गरिएको  उल्लेख गरिएको छ ।

गुप्ताविरुद्ध आब २०७१–७२ मा विद्यालयको शौचालय निर्माणका लागि निकासा भएको बजेट हिनामिना गरेको, विद्यार्थीका नाममा आएको छात्रवृत्ति नबाँडी अनियमितता गरेको, आब २०७३–७४ मा राहत शिक्षकका लागि अनुदानबापत आएको रकम शिक्षक नराखी आफैं बुझेको, पाठ्य पुस्तक खरिदमा हिनामिना गरेकोलगायत विषयमा अख्तियारले अनुसन्धान गरेको  थियो ।

त्यसैगरी शिक्षक हृदयराम चौधरीविरुद्ध ६२ हजार ५ ८३ रुपियाँ र कर्मचारी श्रवणकुमार चौधरीविरुद्ध ५ लाख ८७ हजार ३३३ रुपियाँ बिगो दाबी गदै मुद्दा दायर गरिएको छ ।

अनुसन्धानका क्रममा शौचालय निर्माणमा ६२ हजार ५८३ रुपियाँ, छात्रवृत्ति रकममा ३ लाख १० हजार ४०० रुपियाँ, पाठ्यपुस्तक खरिदका लागि बिनियोजित बजेटमा १ लाख २६ हजार २ सय ४७ रुपियाँ  र राहत शिक्षकको तलवभत्तामा १ लाख ५० हजार ६६८ रुपियाँ हिनामिना गरेको पुष्टि भएको छ ।

Select college / campus