Bachelors Portal

शारदा माविकाको योजना सुरु नै नगरी बजेट सक्ने शिक्षक र अध्यक्ष विरुद्ध मुद्दा दर्ता

Managed Admission 2022

शारदा माध्यमिक विद्यालय धर्मदेवी नगरपालिका वडा नं। ४ हुम्लिङ्ग संखुवासभामा विभिन्न योजनाका रकम काम नै नगरी दुरुपयोग गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७५–०७६ मा खानेपानी आपूर्तिको लागि प्रदेश नं। १ बाट विनियोजित भएको रकम र पुस्तकालय व्यवस्थापनको लागि आब। २०७४–०७५ मा जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकम काम नै नगरी विलफरफराग गरेको पाइएको हो ।

कुनै पनि कामको शुरुवात नै नगरी बिल भरपाई मिलाई रकम अनियमितता गरेको भन्ने उजुरी  अनुसन्धान गर्दा  पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दियो ।

विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीले शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशब कुमार शाक्यसँग मिलेमतो गरी उल्लिखित पुस्तकहरु खरिद नै नगरी पुस्तक खरिद गरेको भनी झुट्टा बिल भरपाई बनाई एवं सम्झौता हुनु अगाडि नै विद्यालयमा खरिद भएको ल्याप्टपको बिलसमेत संलग्न राखी पुस्तकालय व्यवस्थापनको लागि अनुदान स्वरुप प्राप्त सरकारी रकम हिनामिना गरेको  पुष्टि भएको हो ।

विद्यालयलाई आब २०७५–०७६ मा प्रदेश नं। १ सामाजिक सुरक्षा मन्त्रालयबाट शिक्षा विकास तथा समन्वय इकाईमार्फत खानेपानी व्यवस्थापनको लागि निकासा भएको रकमसमेत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीले सम्झौता गरी बजेट निकासा गराई विद्यालयलाई खानेपानी उपलब्ध गराउने सम्बन्धी कुनै पनि काम नै नगरी चेकमा अघिल्लो कार्यकालका प्रधानाध्यापक कृष्णहरी भट्टराई र शिक्षक लालबाबु मण्डलको दस्तखत गरीरगराई सोही चेकबाट उक्त खानेपानी व्यवस्थापनको लागि निकासा भएको रकमसमेत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीले निकाली सरकारी रकम हिनामिना गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन प्रधानाध्यापक भट्टराई, शिक्षक लालबाबु मण्डल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारी र शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशब कुमार शाक्यउपर मागदाबी सहित  विशेष अदालत, काठमाडौंमा  मुद्दा दायर गरिएको छ।

Select college / campus