After SEE Portal

खुला विश्वविद्यालय उपकुलपति विहीन

Bridge Course

नेपाल खुला विश्वविद्यालय हिजोदेखि उपकुलपति विहीन हुन पुगेको छ । निवर्तमान उपकुलपति प्राडा लेखनाथ शर्माको कार्यकाल हिजो समप्त भएपछि विश्वविद्यालय उपकुलपति विहीन हुन पुगेको हो ।

प्राडा शर्मा २०७४ जेष्ठ १९ गते नेपाल खुला विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएका थिए । आफ्नो चार वर्से कार्यकाल उनले हिजो पुरा गरेका छन् । उपकुलपति जस्तो गरिमामय पदमा आफूलाई योग्य ठानेकोमा नेपाल सरकारलाई धन्यवाद दिँदै निवर्तमान उपकुलपति शर्माले भने, ‘पाएको जिम्मेवारी अनुसार कर्तव्य निर्वाह भयो भएन, प्रतिफल प्रदान गर्न सके वा सकिन यसको मूल्याङ्कन सम्वन्धित सरोकारवाला पक्षहरुबाट हुने नै छ । आफ्नो स्वमूल्याङ्कनमा मेरो योग्यता, क्षमताले भ्याएसम्म ईमान्दार प्रयास नै गरेको छु भन्नेमा विश्वस्थ छु ।’

सानो संख्यामा भएका करारका प्राध्यापकहरु तथा कर्मचारीहरु र ठूलो संख्यामा अन्य उच्चशिक्षाका संस्थामा कार्यरत प्राध्यापक, विज्ञहरुको सहयोगले नै विश्वविद्यालयका शैक्षिक कार्यक्रम विकास र पठनपाठनका सवै कार्यहरु सम्पन्न हुन सम्भव उपकुलपति शर्माले बताए ।

नयाँ विश्वविद्यालय शैक्षिक पूर्वाधारका सवै पक्षको समुचित व्यवस्थापन गर्न नसकिएको अवस्थामा पनि विश्वविद्यालयलाई विश्वास गरी अध्ययनमा सहभागी हुनुहुने विद्यार्थीहरुबाट कतिपय असुविधालाई सहँदै सुधारका लागि उपयुक्त सुझाव दिँदै आफ्नो अध्ययनमा ईमान्दार प्रयास गर्नु हुने सवैमा धन्वाद दिँदै खुला विश्वविद्यालयलाई सुविधा सम्पन्न बनाउन सके नेपालको शैक्षिक इतिहासले फड्को मार्ने उनले विश्वास व्यक्त गरे ।

‘नेतृत्वका हिसावले म आफू निमित्त मात्रै भएको अनुभूति गर्दछु र भएका कमजोरीप्रति नैतिक रुपमा जिम्मेवारी पनि लिन्छु ।’ उनले भने, ‘ शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालय परिवार, सहयोगी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा व्यक्ति, प्राज्ञिक जगत, पत्रकार सवैलाई आफ्नो रचनात्मक सहयोगका लागि धन्यवाद दिन चाहन्छु।’

A Levels MA
Thuprai - Books and E-books