After SEE Portal

८ हजार २८ बालकालिकालाई ५ करोड ६५ लाखको दिवा खाजा

Bridge Course

पछिल्लो समय सामाजिक सञ्जालमा इटहरी उपमहानगरपालिकाका बालबालिकालाई दिएको दिवा खाजाको चर्चाले तंरग पैदा गरेको छ । उपमहानगरपालिकाले साप्ताहिक मेन्यु सहित आइतबारदेखि  बालविकास देखि कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा दिएको तस्वीर छ्याप्छ्याप्ती देख्न पाइन्छ ।

लागत भन्दा कम मूल्यको खाजा प्रदान गरेको, विद्यालयले नै दिवा खाजाको प्रभावकारी कर्यान्वयनमा आंशका व्यक्त गरेको भन्दै सामाजिक सञ्जालका भित्ता अहिले रंगिएका छन् ।

मेन्यु अनुसारको पहिलो दिनको खाजा
दोस्रो दिनको खाजा

 

लागत अनुसारको खाजा विद्यार्थीलाई नदिएको भनेर अहिले सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

उपमहानगरपालिका भित्र दिवा खाजाबाट लाभान्वित हुने विद्यार्थी ८ हजार  २८ जना रहेका छन् । ती ८ हजार  २८ बालबालिकालाई संघीय सरकारले  एक करोड ९८ लाख ८४ हजार रुपियाँ दिवा खाजाका लागि अनुदान दिन्छ ।  उक्त बजेटमा उपमहानगरपालिकाले थप तीन करोड ६६ लाख १६ हजार रुपिया थप गरी कुल पाँच करोड ६५ लाख रुपियाँमा टेण्डरमार्फत ठेक्का दिएर दिवाखाजा कार्यक्रमलाई तामझामका साथ सुरु गरेको छ ।

उपमहानगरपालिकाले आइतबार तीन किसिमका फलफूल, २१० ग्राम, सोमबार अण्डा र चिउरा, मङ्गलबार,  मिसाइएको गेडागुडीको तरकारी र चिउरा, बुधबार  खीर र तरकारी, बिहीबार  दही, चिउरा र तरकारी र शुक्रबार खसी वा कुखुराको मासु र चिउरा, ९शाकाहारीका लागि मटर पनिर०  मेन्यु सार्वजनिक गरिसकेको छ ।

जंक फुड  निषेध गर्दै उपमहानगरपालिकाले थालेको  अभियान राम्रँे भए पनि ठेकदार कम्पनीले दिने गुणस्तरीयतामा शंका गर्ने ठाउँ रहेको विद्यालयले बताउन थालेका छन् । उपमहानगरले पहिलोपटक दिवा खाजाको टेण्डर जारी गरेर खाजाको सुरुवात गरेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए। शिक्षा क्षेत्रको सुधारको लागि विद्यालयहरूमा दिवा खाजा कार्यक्रम सुरु गरेको उनको भनाइ छ। नेपालमै पहिलोपटक मेन्युसहित यो किसिमको खाजाको सुरुवात गरिएको उनको दाबी छ। इटहरी वडा नं। १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा ६ का विद्यार्थीलाई खाजा खुवाएर यो कार्यक्रमको सुरुवात गरिएको हो।

उपमहानगरपालिकामा सामुदायिक विद्यालय ३६ ओटा, दुईओटा धार्मिक विद्यालय र बालविकास केन्द्र  गरी जम्मा ५० ओटा  शैक्षिक संस्थाका कक्षा ६ सम्मका  बालबालिकालाई १८० दिन दिवा खाजा खुवाउने प्रावधान सहित कार्यक्रम लागु भएको युवा, खेलकुद विकास तथा शिक्षा विकास महाशाखाका प्रमुख फाल्गुनी प्रसाद काफ्लेले बताए ।

A Levels MA
Thuprai - Books and E-books